भारतबाट उद्धार गरिएका नेपाली स्वदेश फर्किदै

भारतबाट उद्धार गरिएका नेपाली स्वदेश फर्किदै

काठमाडौं : भारतबाट उद्धार  १९७ जना नेपालीलाई स्वदेश ल्याइने भएको छ। काकडभिट्टाको पानीट्यांकी नाका सोमबार हुँदै उनीहरुलाई नेपाल प्रवेश गराइने भएको हो। 

नेपाल फर्काइनेमा १४७ जना महिला र ३२ जना पुरुष रहेका छन्। भारतस्थित मणिपुरका विभिन्न ठाउँबाट उद्धार भएका उनीहरुलाई नेपाल र भारत सरकारको संयुक्त पहलमा नेपाल फर्काउने तयारी गरिएको हो।

दुई साता अगाडि माइती नेपाललाई प्राप्त अति गोप्य सूचनाको आधारमा उद्धार कार्यको थालनी भएको थियो । संस्थाले दिल्ली महिला आयोगलाई दिएको सुचनाको आधारमा सबैभन्दा पहिले दिल्लीबाट ६ जना महिलाको उद्धार गरिएको थियो। त्यसपछि तिनै महिलाले अरु धेरै संख्यामा नेपाली महिलालाई दिल्ली लैजान लागिएको खुलासा गरेका थिए। दिल्लीबाट उद्धार गरिएका ती महिला माघ २५ गते काठमाडौं आइसकेका छन्। 

यसपछि पनि आफ्नो रेस्क्यु अपरेसनलाई जारी राखेको भारतिय प्रहरीले मणिपुर शहरका छुट्टा छुट्टै ठाउँबाट यति ठूलो संख्यामा नेपालीको उद्धार गरेको यो पहिलो पटक हो। म्यानमारसँगको सिमावर्ति क्षेत्रमा पर्ने मणिपुरबाट इराक, दुबईलगायतका देशमा मानव तस्करी हुँदै आएको पाइएपछि भारतिय प्रहरीले उद्धार कार्य शुरु गरेको हो । यी घटनामा एक जना महिलासहित ९ जना आरोपी पनि पक्राउ परेका छन्। 

माइती नेपालले भारतस्थित नेपाली दुतावास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्नय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सरकार, मणिपुरस्थित गोरखा दुख निवारण समिति जस्ता संस्थाहरुलाई पत्राचार र प्रत्यक्ष समन्वय गर्दै मणिपुरबाट उद्धार गरिएका ब्यक्तिहरुलाई नेपाल फर्काउन सफल भएको माइती नेपालका उप निर्देशक अच्युत नेपालले बताए।

मानव तस्करीको यस प्रकारको भयाभह घटनामा सम्लग्न गिरोहहरुलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरी पिडितलाई स्वदेशमै रोजगारीको ब्यवस्था गर्न संस्थाले सरकारसँग माग गरेको छ। 

स्वदेश फिर्ती पछि ती ब्यक्तिहरुलाई पुनस्र्थापना गृहबाट पुनस्र्थापना र पारिवारिक पुनर्मिलनका सेवाहरु प्रदान गरिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । पुनस्र्थापना कार्य भित्र स्वास्थ्य सेवा, कानुनी परामर्श, सिपमुलक तालिम र रोजागरको ब्यवस्था समेत गरिने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.