गोरु काटेको आरोपमा बाबु-छोरा पक्राउ

गोरु काटेको आरोपमा बाबु-छोरा पक्राउ

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकामा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका–७ को बाँगे बजारमा सोमबार गोरु काटिरहेको आरोपमा बाबु–छोरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

धनबहादुर तामाङ र उनका छोरा गोपालले आफ्नै घरमा गोरु काटेर मासु बिक्री गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बिक्री गर्न लागेको भनिएको ६० केजी गोरुको मासु पनि बरामद गरेको जनाएको छ । साथै बाबु–छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताएका छन् ।

उनीहरुबाट बरामद भएको गोरुको मासु ल्याव टेस्टका लागि फठाइएकाले रिपोर्ट आएपछि मुद्दा दर्ता गरी कानुनी कारवाही अगाडि बढाइने अधिकारीको भनाइ छ ।
यसअघि धरानमा गोरु काटेको आरोपमा ६ जना पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.