भालुको आक्रमणमा दुई घाइते
सन्धिखर्क : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धाराको तल्लो हर्रेमा भालुको आक्रमणमा दुईजना घाइते भएका छन्।
माथिल्लो हर्रेबाट काम गरी तल्लो हर्रे जाने क्रममा जंगलको बाटोमा भालुले आक्रमण गरेको हो। आक्रमणमा ३८ वर्षका शंकर सोती र ५० वर्षका पदमबहादुर बलाल घाइते भएका हुन्।
भालुको आक्रमणबाट शंकरको दाहिने खुट्टामा चोट लाग्नुका साथै शरीरका विभिन्न भाग लछारेको छ। पदमको बायाँ हातमा चोट लागेको छ। घाइते दुबैको बुटवलमा उपचार भइरहेको छ।