इराक लैजाँदै गरेका १४७ महिलासहित १७९ जनाको उद्दार

इराक लैजाँदै गरेका १४७ महिलासहित १७९ जनाको उद्दार

काँकडभिट्टा : भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १४७ महिला र ३२ पुरुषलाई उद्दार गरिएको छ। मणिपुरको इम्फालबाट म्यानमार हुँदै इराक लाँदै गरिएको अवस्थामा उनीहरूको उद्दार गरिएको हो।

उद्दार गरिएकाहरूलाई मंगलबार काँकडभिट्टा हुँदै नेपाल ल्याइने माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेले जानकारी दिए। अवैध रुपमा इराक लैजान लागिएका नेपाली एकै पटक ठूलो संख्यामा फर्काइएको यो पहिलो घटना भएको उनले बताए।

गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा उनीहरूलाई उद्दार गरिएको हो। मनव तस्करले भारत मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमारको बाटो हुँदै उनीहरूलाई इराक लैजान लागेका थिए।

तस्करीमा संलग्न एक महिला सहित ९ जना आरोपीलाई पनि नियन्त्रणमा लिइएको माइती नेपालका पूर्वाञ्चल प्रमुख घिमिरेले बताए।

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्दार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएका थिए। माइती नेपालले उनीहरूको उद्दारका लागि भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सरकार, मणिपुरस्थित गोरखा दुःख निवारण समिति जस्ता संस्थाहरूसँग समन्यव गरेको थियो।

उद्दार गरिएका सबैलाई सोमबार नै नेपाल ल्याउने तयारी गरिए पनि एक महिलाको अस्वस्थताका कारण ढिलाई भएको हो। ‘सोमबार राति या मंगलबार बिहानसम्म नेपाल ल्याइपुर्‍याइन्छ’, घिमिरेले अन्नपूर्णसँग टेलिफोनमा भने। मानव बेचविखनको जोखिममा रहेका उनीहरूको उद्दारमा माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले थियो।

स्वदेश फर्काइएकाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारसँग पहल गर्ने अध्यक्ष खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.