सुत्केरीलाई ५ घण्टा बोकेरै सदरमुकाम, हेलिकप्टरबाट कोहलपुर

सुत्केरीलाई ५ घण्टा बोकेरै सदरमुकाम, हेलिकप्टरबाट कोहलपुर

डोल्पा : विकट हिमाली जिल्ला डोल्पाबाट एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

काइके गाँउपालिका–२ की ४० वर्षीया शान्ति बुढाको सन्तान जन्माएपछि साल अड्कीँदा उनलाई हेलिकप्टरबाट उपाचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको हो ।

शहरतारास्थित प्रसुतिगृहमा सुत्केरी गराइएकी शान्तिको छोरा जन्मिएपछि १२ घण्टासम्म साल नझरेर निरन्तर रगत बगेपछि उनलाई जिल्ला अस्पताल सिफारिस गरिएको थियो । उनको रगत धेरै बगिसकेकोले उपाचार गर्न निकै जोखिम भएको र जिल्लामै ब्लडबैंक नभएको कारण सिफारिस गर्नुपरेको कठिनाइ भएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डक्टर सिजन रावलले जानकारी दिए ।

बिरामीको रगत धेरै बगेकोले जतिसक्दो छिटो विशेष व्यवस्था भएको ठाउँमा उपचार नगरिए ज्यान जान सक्ने खतरा रहेकोले हेलिकप्टरमै सलाइन लगाएर कोहलपुर मेडिकल कलेजमा पठाइएको रावलले बताए ।

५ घण्टा स्ट्रेचरमै
कोहलपुर लैजानुअघि नै स्थानीयले सुत्केरीलाई ५ घण्टासम्म स्ट्रेचरमा बोकेर अपराह्न ४ बजे मात्रै जिल्ला अस्पताल डोल्पा पुर्याएका थिए । हेलिकप्टर ४ बजेपछि मात्रै सदरमुकाम पुगेर कोहलपुरका लागि उडाइएको हो । काठमाडौंबाट हेलिकप्टर डोल्पा पुग्नकै लागि ४ बजे मात्रै भनेपछि स्थानीय तथा प्रहरीले समेत सुत्केरीलाई स्ट्रेचरमै सदरमुकामसम्मै बोकेर पुर्याएका हुन् ।

काइके गाँउपालिकाकी स्वास्थ्य प्रमुख तारा हिराचनका अनुसार सुत्केरीलाई जिल्ला सदरमुकाममा पनि उपचार हुन जटिल थियो । सोही अनुसार उनलाई कोहलपुर पुर्‍याइएकाे बताइएको छ । जिल्ला अस्पतालमा ब्लडबैंकको सुविधा नहुँदा अपरेशनको क्रममा रगत अभाव हुनसक्ने भन्दै नेपालगन्ज वा कोहलपुर लैजानुपर्ने भनिएको थियो ।

जिल्ला अस्पताल प्रमुख सिजन रावलका अनुसार यस्ता प्रकृतिका सुत्केरी महिला तथा रगत धेरै बग्ने अवस्थाका बिरामीलाई यसअघि पनि नेपालगन्जतिरै सिफारिस हुँदैआएको छ ।

शिशुलाई भने लगिएन अस्पताल

सुत्केरी शान्तिलाई कोहलपुर लगिए पनि राती जन्मिएको शिशुलाई भने काइके गाउँपालिकास्थित उनको घरमै छाडिएको थियो । शिशुको भन्दा आमाको स्वास्थ्य अवस्था जटिल भन्दै दुबैजनालाई स्ट्रेचरमा बोकेर लैजान अप्ठ्यारो पर्ने भएपछि शिशुलाई घरमै छोडेको स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.