स्वास्थ्य सचेतनाका लागि मालिकामा सडक नाटक

स्वास्थ्य सचेतनाका लागि मालिकामा सडक नाटक

गुल्मी : स्वास्थ्य सचेतना फैलाउनका लागि मालिका गाउँपालिकाका सबै बस्तीमा सडक नाटक प्रदर्शन गरिएको छ। नागरिकलाई समुदायस्तरमै पुगेर विभिन्न स्वास्थ्यसम्बन्धी सामाजिक जागरण फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले जानकारी दिए।'अझैं पनि स्वास्थ्यमा नागरिक गम्भीर छैनन्,' थापाले भने, 'त्यसैका लागि सडक नाटक गरेका हौं।' उनले समुदायस्तरमा स्वास्थ्य चेतना नभए स्वास्थ्यका कार्यक्रम प्रभावकारी नहुने बताए।

ग्रामिणस्तरमा अझैं पनि गर्भवती महिला घरमै सुत्केरी हुने अवस्थालाई कमी ल्याउन अभियानको थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए। कार्यक्रम संचालनपछि गर्भवती महिलाले नियमित स्वास्थ्य चेक जाँच गर्ने,स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुनेलगायतका स्वास्थ्य क्षेत्रमा परिवर्तनको अपेक्षा गरिएको पोखरेलको भनाई छ।

सोमबादेखि प्रदर्शन गरिएको सडक नाटकमा सुरक्षित प्रसूति, लागुपदार्थ दुव्र्यसनी, धुम्रपान, मद्यपानलगायत विषयमा जानकारी गराइएको स्वास्थ्य संयोजक बसन्त भुषालले जानकारी दिए। सिमलटारीको फूलबारीबाट सुरु भएको कार्यक्रम घमिर, बरारुख, भानपोखरा, अर्जे, रातीपोखरी, पोखराबारी, छाप, हिले, ठूलीचौर, अर्खावांग, जुकेना, म्याल, दर्लिंग, नेटा लगाएत ठाउँमा सडक नाटक प्रदर्शन भइरहेको छ।

कार्यक्रम संचालन पछि गाउँबासीहरुको स्वास्थ्य स्थितीमा सुधार ल्याउन कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.