ब्राउनसुगरसहित युवक पक्राउ

ब्राउनसुगरसहित युवक पक्राउ

गुलरिया : प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बगनाहका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीको टोलीले गोप्य सूचनाको आधारमा ठाकुरबाबा नगरपालिका-१ निवासी २८ वर्षीय शिवराज पन्थलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो।

पन्थको साथबाट ९ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए। पन्थले लागुऔषध बोकेर शंकास्पद हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको मैनालीले जानकारी दिए। 

पक्राउ गरिएको करिब ६५ हजार रुपैयाँ बराबरको लागुऔषधले १ सय ८० जना मानिसलाई प्रभावित पार्नसक्ने उनको भनाई छ। अनुसन्धानका क्रममा पन्थले पुरिया बनाई बेचविखन गर्ने गरेको खुल्न आएकाले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको बताए। पछिल्लो समय बर्दियामा लागुऔषधको दुर्व्यसनी बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.