पुल नहुँदा खाेलाले ८ जनालाई बगाइसक्याे

पुल नहुँदा खाेलाले ८ जनालाई बगाइसक्याे

प्युठान : ढाँडस्थित झिमरुक खोलामा पक्की पुल नबन्दा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ । खोलाले बगाएर हालसम्म आठ जनाको मृत्यु भइसकेको स्थानीयले बताएका छन् । प्रहरी जवान विष्णुबहादुर महतराको अघिल्लो वर्ष कार्यस्थल रोल्पा फर्कंदै गर्दा बगाएर मृत्यु भएको छ ।

झिमरुक गाउँपालिका–८ लिवाङ टिमुरचौरकी निर्मला गिरी, दारीमचौरका रेकम खत्री, सोही ठाउँका भक्तबहादुर खत्री, तुषारा गोब्दीका मोहनसिंह बस्नेत, ओखरकोटका मीनबहादुर जिसी, ओखरकोट ढाँडका अनिल खड्का र एक जना पहिचान नखुलेका लिवाङका युवाको खोलाले बगाएर ज्यान गएको छ । झिमरुक नदी यस क्षेत्रका स्थानीयका लागि त्रासको मार्ग बनिरहेको छ ढाडका स्थानीय पदम खड्काले बताए । उनले भने, ‘पढ्दै गरेको छोरालाई खोलाले बगाएर मृत्यु भयो, पुल बनाउन कसैले चासो देखाएनन् ।’

पुल नबन्दा झिमरुक, गौमुखी र नौबहिनी गाउँपालिकामा पर्ने दर्जनभन्दा बढी दुर्गमका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । लिवाङ, तुषारा, लुङ, पुँजा, खुङ, नारीकोट, रजवारा, अर्खा, बांगेमरोट, खवाङ, स्याउलीवाङ र ओखरकोटसहित सिमाना जोडिएका छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र बाग्लुङका नागरिक जोखिम मोलेर खोला वारपार गर्दै आएका छन् ।

बर्खाभरि खोला बढेपछि सर्वसाधारण स्थानीय छिपछिपे सामुदायिक वनको अप्ठ्यारो बाटो हुँदै बजार गर्न जाने गर्छन् । भीरको बाटोसमेत अवरुद्ध हुने गर्छ । खोलापारिका नागरिक ढाँड, मच्छी बजार गर्न घण्टौं लगाएर आउनुपर्ने बाध्यता छ । गाउँपालिका कार्यालय मच्छीमा पुग्नसमेत स्थानीयलाई सास्ती हुने गरेको छ । बाल शिक्षा मावि, गौमुखी क्याम्पस, नेसनल÷गौमुखी इंग्लिस बोर्डिङ स्कुलका सयौँ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गत साविक जिल्ला प्राविधिक कार्यालय प्युठानले पुल निर्माण थालनी ग¥यो । तर, निर्माण स्थलमा दलदलसहितको माटो भेटिएपछि काम प्रभावित बन्यो । प्राविधिक समस्या देखिएपछि निर्माण रोकिएको निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताए । ‘निर्माण कम्पनीबाट पुनः डिजाइन स्टिमेट बनाएर पेश गर्ने योजनामा छौँ’, उनले भने, ‘कार्यालयले स्वीकृत गर्छ÷गर्दैन, त्यसपछि मात्र काम अघि बढ्छ ।’ नीलगिरी÷आँसु जेभी निर्माण सेवाले भ्याटसहित चार करोड दुई लाख रुपैयाँ लागतमा पक्की पुल निर्माणको जिम्मा पाएको थियो । निर्माण कम्पनीले ३० प्रतिशत भुक्तानी लिइसकेको छ । निर्माणस्थलमा वारिपारि दुईवटा पिलर उठाइएको छ । ‘बीचको पिलर उठाउन बाँकी थियो’, श्रेष्ठ भन्छन्, ‘दलदल सहितको माटो भेटिएपछि काम रोकेका हांै ।’ यस स्थानमा साविक प्राविधिक कार्यालयले पटक–पटक माटो परीक्षणसमेत गरेको थियो । स्थानीयले पहिलेकै स्थानमा पुनः पुल बन्न नसके अन्यत्र सर्भे गरी निर्माण थाल्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.