च्यासल तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

च्यासल तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल : सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङदी क्लबलाई स्तब्ध बनाउँदै च्यासल युथ क्लब २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

बिहीबार बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा मनाङलाई च्यासलले १–० गोलले पराजित गरेको हो। 

च्यासलका लागि दोस्रो हाफको सुरुआतमै विदेशी खेलाडी अर्मन्डले गरेको गोल नै निर्णायक बनेको थियोे। अर्मन्डले ४८औं मिनेटमा हेमन्त थापामगरको फ्रिकिकमा हेड गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेलमा मनाङले केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय बेहोर्न बाध्य भयो। खेलको अन्तिमतिर प्रकाश बुढाथोकीको फ्रिकिक प्रहार बारमा लागेर फर्किनु मनाङका लागि दुर्भाग्यपूर्ण बन्यो। खेलको म्यान अफ दी म्याच च्यासलका गोलरक्षक दिनेश थापामगर घोषित भए। 

च्यासल र नेपाल पुलिस क्लबबीच शनिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ। शुक्रबार पहिलो सेमिफाइनलमा रूपन्देही–११ र क्यामरुनको डफिन्स एफसीबीच प्रतिस्पर्धा हुने छ। 

प्रतियोगिताका विजेताले आठ लाख ८० हजार र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक रूपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.