क्लाउड कम्प्युटिङको मोह

क्लाउड कम्प्युटिङको मोह

काठमाडौं : पछिल्लो समय क्लाउड कम्प्युटिङको प्रयोगले व्यापकता पाएको छ। कुनै समय फ्लपी डिस्क, सीडी, यूएसबी फ्लास ड्राइभ जस्ता उपकरणमा डाटा बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य गर्दै आएको क्लाउड कम्प्युटिङप्रति सबैको मोह छ। यसको प्रयोग ठूला कम्पनीका साथै व्यक्तिविशेषमा पनि हुन थालेको छ।

डाटा तथा फाइल सेयरिङका लागि फ्लपी डिस्क, सीडी, यूएसबी फ्लास ड्राइभलाई छोडेर अब मानिस भर्चुअल स्पेस रोज्न थालेका छन्। जहाँबाट डाटा र फाइल सेयरिङ गर्न सहज भएको छ। इन्टरनेटको प्रयोगमार्फत भर्चुअल स्पेसमा सफ्टवेयर तथा आफ्ना गोप्य सूचना, तथ्यांकका साथै अन्य फाइल गर्न सकिने भएकाले पनि यसको प्रयोग बढेको हो। क्लाउड कम्प्युटिङको प्रयोगमा आएको व्यापकताको कारणलाई तल उल्लेख गरिएको छ।

सहज पहुँच

क्लाउड कम्प्युटिङको प्रयोगसँगै तपाईं आफ्नो डाटासँग सहज पहुँचमा रहनुहुनेछ। त्यति मात्रै होइन, आफ्नो डकुमेन्ट तपाईंले इन्टरनेट जडान भएको कुनै डिभाइसबाट विश्वको कुनै कुनाबाट हेर्न सक्नुहुनेछ। यसले फ्लपी डिस्क, सीडी, यूएसबी फ्लास ड्राइभजस्ता उपकरणमा डाटा बोकेर हिँड्ने बाध्यता अत्य गर्न मद्दत गर्छ।

सहज प्रयोग

क्लाउड कम्प्युटिङ प्रयोग गर्न सहज छ। यसको सेटअपमा पनि कुनै झन्झट गर्नु पर्दैन। इन्टरनेटको सुविधा भएमा कुनै पनि डिभाइसमा क्लाउड कम्प्युटिङ सिस्टमको सजिलै प्रयोग गर्न सकिन्छ। क्लाउड कम्प्युटिङमा आफ्नो व्यक्तिगत सेटिङ र कन्फिगरेसन गरिसकेपछि अकाउन्ट बनाएर त्यसमा पासवर्ड हालेर सहज रूपमा चलाउन सकिन्छ, जुन आफूलाई पायक पर्ने डिभाइसमा कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ।

उच्च क्षमता

फ्लपी डिस्क, सीडी, यूएसबी फ्लास ड्राइभजस्ता उपकरणमा सीमित क्षमता रहने हुँदा त्यो सीमित प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने थियो। क्लाउड कम्प्युटिङले आफ्ना ग्राहकलाई केही स्पेस बिनाशुल्क दिने गरेको छ भने आवश्यकताअनुसार अरू खरिद गरी प्रयोग गर्न सकिन्छ। अहिले यसले पाँच जीबी स्पेस फ्री दिइरहेको छ। स्पेस खरिद गरेपछि त्यो स्पेस लिएबापत तोकिएको शुल्क क्लाउड कम्प्युटिङ डेभलपर कम्पनीलाई मासिक वा वार्षिक रूपमा तिर्नुपर्ने हुन्छ। तर, यसको प्रयोगले गर्दा खर्च कम लाग्ने हुँदा पनि यसको प्रयोगमा आकर्षण बढेको हो।

न्यून खर्च

क्लाउड कम्प्युटिङको प्रयोग गर्दा खर्च पनि कम लाग्छ। आफ्नो डाटा अरू हार्डवेयर डिभाइस खरिद गरेर सेभ गरिरहन नपर्ने भएकाले खर्च बचत हुन्छ। अर्को क्लाउड कम्प्युटिङले तपाईंको सिस्टमको हेरचाहसमेत गरिदिने हुनाले ठूलो क्षमताको कम्प्युटर खरिद गरिरहनु पर्दैन। यसले आफ्नो एप्लिकेसन पनि निःशुल्क उपलब्ध गराएको छ। मासिक वा वार्षिक रूपमा न्यून खर्चमा स्टोरेज थप गरेर पनि क्लाउड कम्प्युटिङ प्रयोग गर्न सकिन्छ।

यसका साथै कम्प्युटरको भरमा चल्ने कम्पनीलाई धेरै सफ्टवेयर आवश्यक पर्छ। हरेकलाई सफ्टवेयर खरिद गरिदिनभन्दा क्लाउड कम्प्युटिङ कम्पनीलाई मासिक रूपमा पैसा तिरेर आफ्ना डाटाहरू क्लाउड कम्प्युटिङ सेभ गर्न पनि सकिने भएकाले यो बढी प्रभावकारी भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.