खैरो हेरोइनसहित पक्राउ परेका तीनजना कारागार चलान
ताप्लेजुङ : खैरो हेरोइनसहित पक्राउ परेका तीनजना कारागार चलान भएका छन्।गत मंसिरमा पक्राउ परेका फुङलिङ नगरपालिका-५काखगेद्र भट्टराई, दिपेन विश्वकर्मा र इलामको सूर्योदयन नगरपालिका-७ का सहदेव राई कारागार चलान भएका हुन्।
भट्टराईलाई जीन्स पाइन्टको भित्री गोजिमा लुकाएको ४ सय ३० मिलिग्रम र विश्वकर्मालाई ६ सय ५० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो। फुङलिङ बजारको बिहीबारे डेरा गरी बस्ने राई पनि पाइन्टको भित्री गोजिमा लुकाएको २ सय ३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले उनीहरुलाई कारागार पुर्पक्षका लागि कारागार चलान गरेको हो। लागु औषध मुद्दामै पक्राउ परेका अन्य ६ जना भने धरौटी राखेर तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी संञ्जयसिंह थापाले जानकारी दिए।
ताप्लेजुङकै विभिन्न स्थानका घर भएका अनुप गुरुङ, अभिषेक मादेन, आशिस राई, हरी भन्ने हरीराज श्रेष्ठ, सन्तोष शेर्पा र दिपेश शेर्पा तारेखमा छुटेका छन्।