२४ वर्षीया युवतीलाई बलात्कारको आरोपमा ७२ वर्षीय बृद्ध पक्राउ
बिर्तामोड : वौद्धिक अपाङ्गता भएकी २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् ।
बाहृदशी गाँउपालिका–५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो । पीडित युवतीलाई आरोपितले पटक पटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७५ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ६ गते मौखिक उजुरी दिएका थिए ।
उजुरीपछि चौहानलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।