जीआर १४०४८ सिंहप्रसाद, जसले नख्खु विस्फोटमा ज्यान गुमाए

जीआर १४०४८ सिंहप्रसाद, जसले नख्खु विस्फोटमा ज्यान गुमाए

ललितपुर : शुक्रबार राति नख्खुमा भएको बम विस्फोटमा ज्यान गुमाउने लमजुङका सिंहप्रसाद गुरुङ सिंगापुरका लाहुरे भएको खुलेको छ।

हाल भैंसेपाटीमा बसोबास रहेका उनी घटना हुँदा एनसेल कार्यालय नजिकै गाडी पार्क गर्दै थिए। गाडी पार्क गरेर बाटो काट्दै गर्दा उनी विस्फोटमा परेको आफन्तहरूले जनाएका छन्। 

गोर्खा राइफल्स (जीआर) नम्बर १४०४८ उनी पाँच वर्षअघि सिंगापुर प्रहरीबाट अवकाश पाएर स्वदेश फर्केका थिए। उनका दुई छोरी र एक छोरा रहेको आफन्तले जनाए।

उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको मेडिसिटी अस्पतालका मिडिया संयोजक मनिता पोखरेलले जानकारी दिइन्।

उरुषालाई वार्ड सारियो

उपचाररत उरुषा। फोटोः नितु घले। 


शुक्रबार बम विष्फोटमा घाइते भएर मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी २४ वर्षीया उरुषा मानन्धरलाई शनिबार दिउँसो दुई बजेतिर जेनेरल वार्डमा सारिएको छ।

चिकित्सकका अनुसार उरुषा र अर्की घाइते प्रतीक्षा खड्का दुबै खतरामुक्त छन्। मानन्धर मेडिसिटीकै स्टाफ नर्स हुन्।

उरुषाका बुवा सुरेन्द्रकाजी महर्जनका अनुसार उनी नैकापस्थित मामाघरबाट काममा आउँथिन्। सधैं अस्पतालकै स्टाफ गाडीमा जाने गरेको भए पनि हिजो ड्युटी ढिलासम्म भएकाले उनको गाडी छुटेको थियो। त्यसपछि उनकै दाइ (मामाका छोरा) उनलाई लिन आएका थिए।

दाइको मोटरसाइकलमा बसेर जाँदै गर्दा पड्किएको बमले उरुषाको खुटटामा लाग्यो र दाइले तत्कालै उनलाई मेडिसिटी पुर्‍याए।

उनको गोलीगाँठोको हड्डी टुक्राटुक्रा भएको जानकारी चिकित्सकले दिएका छन्। देब्रे खुट्टामा चोट लागेकी उरुषाको उपचारमा डाक्टर राज राना र निभा चित्रकार खटिएका छन्। हालसम्म उनका दुईवटा अपरेसन भएका छन्।

मेडिसिटीकी मिडिया संयोजक मनिता पोखरेलका अनुसार प्रतीक्षालाई पनि केही समयपछि जेनेरल वार्डमा सारनेछ। पोस्ट अपरेसन वार्डमा उनको उपचारमा डाक्टर अनिल आचार्यको टोली खटिएको छ।

प्रतीक्षाको ढाडबाट प्रेसर कुकरको टुक्रा (बिर्कोमा सिठी अड्याउने रड) छिरेको चिकित्सकले बताएका छन्। शल्यक्रिया गरी शरीरबाट उक्त टुक्रा निकालिएको छ।

श्रीमान् रितेश खड्कासँग माछालाई चारो किनेर मोटरसाइकलमा फर्कँदै गर्दा प्रतीक्षा घटनामा परेकी थिएन्। श्रीमान् भने सकुशल छन्। ‘सुरुमा उनले थाहै पाइनन्’ रीतेशले भने, ‘नख्खुबाट बागडोल घरपुगेपछि हेर्दा रगतले भिजेको थियो।‘ त्यसपछि उनलाई रितेशले अल्का अस्पताल कुदाए।

घाइतेलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा नेतृ पम्फा भुषाल अस्पताल पुगेका छन्। घाइतेहरूको सम्पूर्ण उपचार तथा क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन गृहमन्त्रीले दिएको आफन्तहरूले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.