एकै रात दर्जन भन्दा बढी एनसेल टावरमा विस्फोट र आगजनी

एकै रात दर्जन भन्दा बढी एनसेल टावरमा विस्फोट र आगजनी

काठमाडौँ : निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ । 

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेकाा एनसेलका टावरमा आगजनी र बम आक्रमण भएको हो । यस पटकको आक्रमणमा पनि विप्लव नेतृत्वको नेकपाकै हात रहेको आशंका गरिए पनि उसले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

भैरहवास्थित अन्नपूर्णकर्मी सलमान खानका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको छ । यो घटनाको पुष्टि रुपन्देहीका एसपी हृदय थापाले गरेका छन् । 

अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको उनले बताए । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताए । 

रौतहटमा पनि

प्राप्त समाचार अनुसार रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । त्यहाँ भएको आगजानीपछिका क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

पोखरामा आगजनी 

शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ ।

प्रहरी कार्याल सिस्वाका अनुसार डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो । एनसेलको टावर जलेपछि लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको थियो ।

काभ्रेमा पनि

काठमाडौँ नजिकैको काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो । तर क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

बागलुङमा पनि क्षति

शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा आगलागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

मध्यविन्दुमा पनि आक्रमण 

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । 

नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ । 

कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि विस्फफाेेट र आगजनी गरि क्षति गरिएको   छ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.