किसानको लाखौंको अडिर दुई वर्षदेखि अलपत्र, बीउ बेच्ने ब्यापारी फरार

किसानको लाखौंको अडिर दुई वर्षदेखि अलपत्र, बीउ बेच्ने ब्यापारी फरार

वीरगन्ज : पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीका किसानहरुले उत्पादन गरेको लाखौं रकमको अडिर बजारको अभावमा दुई वर्ष देखि थन्किएर बसेको छ ।

मालीबस्तीका पाँचजना किसानले काठमाडौंको एक संस्थाको लहडमा साढे दुई वर्षअघि ३५ कठठ जग्गामा अडिरको खेती गरेका थिए । रोेपेको ६ महिनामै बेच्नका लागि तयार भएको अडिर कहाँ बेच्ने थाहा नपाउँदा नपाउँदै दुई वर्षदेखि घरमै थन्किएको हो ।

काठमाडौंको कलङ्कीमा रहेको ‘नासु एग्रो हर्ब प्रालि’ले २०७३ असार ३० गते मालीबस्तीका किसानहरुसँग उत्पादित अडिर खरिद गर्ने लिखित सम्झौता गरेपछि पाँच किसानले अडिर खेती गरेका थिए ।

तर अडिर उत्पादन भएपछि सम्झौता गरेको संस्थाका प्रतिनिधिहरु नै सम्पर्कविहिन भएपछि मालीबस्तीका किसानहरुले उत्पादन गरेको करिब चार लाख रुपैयाँ मुल्य बराबरको १० क्वीन्टल अडिर थन्कियो ।

मालीबस्तीमा अडिर खेती गरेका किसान शेरबहादुर बुढाथोकीका अनुसार २०७३ असार ३० गते नासु एग्रो हर्ब प्रालिका अध्यक्ष अमर गोपाली र सुपरभाइजर उत्तमकुमार श्रेष्ठले उत्पादन हुने अडिरको खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापछि संस्थाले नै किसानहरुलाई ५ हजार रुपैयाँको भाउमा अडिरको बीउ उपलब्ध गराएको थियो ।

अडिर खेती गरेका छन्दराम वाइबाले भने, ‘खेती सुरु गरेको ६ महीनामै उत्पादन दिन सुरु ग¥यो, हामी निक्कै उत्साहित थियौँ, अडिर बेचेर घरको गर्जो टर्ने भइयो भन्ने लागेको थियो, तर उत्पादन भएको अडिर दुई वर्षदेखि बेच्न पाएका छैनौँ, बजारमा प्रतिकिलो ४० रुपैयाँको भाउमा बिक्री हुन्छ भन्ने सुनेका छौ, त्यतिमै बेच्न पाए पनि ८० हजार रुपैयाँ आउँथ्यो, कहाँ बिक्री हुन्छ भन्ने पनि थाहा छैन ।’

धान, मकै र सुर्ती खेती गर्दैआएका मालबस्तीका किसानहरु नासु एग्रो हर्ब प्रालिले छोटो समयमै धान, मकै र सुर्तीभन्दा तेब्बर आम्दानी हुने भन्दै प्रलोभन दिएपछि अडिर खेतीमा लागेका थिए ।

उनीहरुले धान, मकै र सुर्ती खेती छाडेर ७÷७ कट्ठा जमिनमा अडिरको खेती गरेका थिए । किसान शेरबहादुरका अनुसार उनीहरुको घरमा अहिले २÷२ क्वीन्टल अडिर थन्किएर बसेको छ । काठमाडौंसम्म पुगेर बिक्री गर्ने ठाउँ खोज्दा पनि नभेटेपछि निराश छन् उनीहरु ।

अडिरको तेल सवारीसाधन तथा अन्य इन्जिन, विद्युतीय उपकरण, कस्मेटिक, औषधि र छालाका वस्तु चम्काउन प्रयोग गरिन्छ । सामान्य तोरी, सूर्यमूखी, आलस जस्तै उत्पादन गरिने अडिरबाट तेल उत्पादन हुन्छ । अडिरको खेती पर्सा, इलाम, बारा, मकवानपुर, चितवन लगायत जिल्लामा हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.