एक ट्र्याक्टर भुइँकटहरका बिरुवा बरामद

एक ट्र्याक्टर भुइँकटहरका बिरुवा बरामद

बिर्तामोड : गुणस्तर चेकजाँच बिना भारतबाट नेपाल भित्राइएको एक ट्याक्टर भुइँकटहरको बिरुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्वारेन्टाइन तथा भन्सार प्रक्रिया बिना अवैध बाटो भएर नेपाल भित्राइएको एक ट्याक्टर भुइँकटहरको बिरुवा वडा प्रहरी कार्यालय भद्रपुरले बरामद गरेको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले बताए ।

प्रहरीले भद्रपुर–५ स्थित देवीबस्ती नाकाबाट बिरुवा भएको मे १ त ६५४९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टरसहित बिरुवालाई आवश्यक कारवाहीका लागि भद्रपुर भन्सार बुझाइसकेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

भद्रपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार बोटविरुवामा ५ प्रतिशत भन्सार सुधार शुल्क लाग्छ । बोटविरुवाको भन्सार प्रक्रिया गर्नुअघि प्लान्ट क्वारेन्टाइनले चेकजाँच गरेको पत्र चाहिन्छ ।

भन्सारले ट्याक्टर भने छाडिदिएको तर करिब १ हजार बिरुवा भन्सारभित्रै रहेको जनाएको छ । पछिल्लो समय प्लान्ट क्वारेन्टाइन चेकजाँच बिना भारतीय बोटबिरुवा भित्रन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.