‘मुन्दुम ट्रेल’लाई पर्यटकीय मार्ग बनाइने

‘मुन्दुम ट्रेल’लाई पर्यटकीय मार्ग बनाइने

भोजपुर : नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको भोजपुरको टेम्केडाँडा मुन्दुम ट्रेललाई प्रदेश १ कै उत्कृष्ट पदमार्ग बनाउने घोषणा गरिएको छ। मुन्दुम ट्रेल विकास तथा प्रवर्द्धन सम्मेलन २०७५ को भेलाले उक्त पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास र प्रवर्द्धन गर्न भौतिक तथा पर्यावरणीय अभ्यासको थालनी गर्ने निर्णय गरेको हो।

पदमार्गसँग जोडिएका भोजपुरको टेम्केमैयुङ, साल्पासिलिछो, षडानन्द, भोजपुर नगरपालिका, खोटाङको केपिलासगढी, साकेला, महाकुलुङ, रुपाकोट मझुवागढीलगायत स्थानीय जनप्रतिनिधिको भेलाले पदमार्गको डीपीआरसहित गुरुयोजना निर्माण गरेर आ–आफ्नो भौगौलिक क्षेत्रअन्तर्गत कार्य गर्ने निर्णय गरेको हो। पदमार्ग क्षेत्रलाई साँस्कृतिक, भाषिक, जातीय विविधताको रूपमा योजना अगाडि बढाइने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए।

त्यस्तै सम्मेलनमा पदमार्गमा पर्ने वन्यजन्तुको बासस्थान, जैविक विविधता, खानेपानीका मूल र ‘इकोसिस्टम’लाई असर पुग्ने कुनै पनि भौतिक संरचना निर्माण नगर्ने निर्णय गरिएको छ। पदमार्गको विकास र प्रवर्द्धन गर्नसके पर्यटक आगमन र रोजगार बढ्ने सम्भावना रहेको मैयुङ टेम्के–साल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले औंल्याए।

सम्मेलनमा नेपाल पर्यटन बोर्डका सिनियर डाइरेक्टर हिक्मतसिंह ऐरीले पदमार्गलाई स्थानीय तहले मात्र नभई प्रदेश सरकारले नै प्राथमिकताका साथ काम अघि बढाउनुपर्ने बताए। पदमार्गको तीव्र प्रचारप्रसारमा जोड दिँदै सहभागी जनप्रतिनिधिले ठोस योजनासहित बजेट विनियोजित गरेर काम सुरु गर्नुपर्ने मत राखेका थिए।

उक्त पदमार्गबाट डाँडैडाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायत हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। प्रचुर पर्यटकीय सम्भावना बोकेको उक्त ‘मुन्दुम ट्रेल’को ०७४ पुस २४ देखि २६ गतेसम्म सर्वेक्षण गरिएको थियो। प्राकृतिक सुन्दरताले मनमोहक मैयुङ क्षेत्रलाई टुरिजम हब बनाउने लक्ष्यले ३१.५ किलोमिटर लामो पदमार्गको अनुगमन गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.