‘अंकुर’ अब बालपत्रिका

‘अंकुर’ अब बालपत्रिका

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको नयाँ सदस्यका रूपमा ‘अन्नपूर्ण अंकुर’ प्रकाशन सुरु भएको छ। अन्नपूर्ण पोस्ट्सँग हरेक आइतबार आउने बाल परिशिष्टांक ‘अंकुर’ अब बाल पत्रिकाका रूपमा स्तरोन्नति भएको हो।

‘अन्नपूर्ण अंकुर’ कर्पोरेट मिडियाबाट प्रकाशित पहिलो बालपत्रिका बनेको छ। हरेक आइतबार आउने यो पत्रिका कम्तीमा १६ पृष्ठको हुनेछ। यसको मूल्य १० रुपैयाँ रहनेछ। यसको सम्पादकमा रामकला खड्का नियुक्त भएकी छन्।       

‘बालबालिका भविष्यका कर्णधार हुन्। शिक्षासँगै तिनलाई ज्ञान अपरिहार्य छ’, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भनेका छन्, ‘तिनका लागि ज्ञान दिलाउनर सही बाटो देखाउन यो पत्रिका उपयोगी हुने आशा लिएका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.