सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : नेता खनाल

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : नेता खनाल

धरान : पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झालनाथ खनालले दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको बताएका छन्। आइतबार नेकपा धरानले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै खनालले स्थानीय, प्रदेश र केन्द्र सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए। 

उनले देशका अधिकांश स्थानीय निकाय, ६ वटा प्रदेश र केन्द्र सरकारको काम चित्त बुझ्दो नहुनुमा पार्टी एकीकरणको ढिलाईको मुख्य कारण भएको बताए। उनले नेकपाको एकीकरण प्रक्रियाले सार्थक नपाएकै कारण पनि सरकार संचालनमा समस्या उत्पन्न भएको बताए।

उनले स्थानीय, प्रदेश र केन्द्र सरुकारको काम कारवाहीप्रति उठेका गुनासाको सम्बोधन गरी कम्युनिस्टको दुई तिहाईको सरकार नमुना बनाएर देशमा समाजवाद स्थापना गरेरै छाड्ने बताए।

'पार्टी एकीकरणको सुरुमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले भूमिका खेल्नु भएको थियो। त्यसपछि बनाएको कार्यदलले समेत समयमा काम गर्न नसकेका कारण एकीकरण प्रक्रियामा ढिलाइ भएको नेता खनालले बताए।

उनले जिल्ला, नगर तहका कमिटी विघटन गर्नु गलत भएको पनि बताए।अहिले तल्लो तहका कमिटि विघटनले धेरै कार्यकर्ता भूमिकाविहीन भएकाले पार्टी काम अगाडि बढाउन कठिनाई भएकाले पार्टीको सचिवालय बैठकले चाँडै एकीकरण प्रक्रिया टुंगोमा पुर्‍याउने भन्दै खनालले कार्याकर्तालाई आश्वाशन दिएका छन्। 

उनले कांग्रेस भ्रष्टचारीहरुको पार्टी भएको आरोप लगाएका छन्। उनले कांग्रेस कम्यिुनिस्टहरुको दुई तिहाईको सरकारदेखि तर्सिएर प्रतिपक्षको भूमिकाभन्दा बढी दुष्प्रचारमा लागेको आरोप लगाए। कांग्रेस राष्ट्रियता, सावभौमसत्ताको रक्षामा कमजोर देखिएकाले नेपाली जनताले कम्यिुनिस्टलाई सरकार संचालन गर्न दुई तिहाईको म्यान्डेट दिएको खनालको भनाई छ।
 
सोही कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले नेताहरुका गोजीका र आफ्नालाई कमिटीमा राख्न खोजेका कारण पार्टी एकतामा ढिलाई भएको बताए। उनले नेकपाका नेताहरु राम्रा मान्छेभन्दा हाम्रा मान्छेलाई अवसर प्रदान गर्न लालाहित भएका कारण पार्टीको तल्लो तहको एकीकरणमा ढिलाई भएको बताए।

उनले नेताहरुको कमजोरीका कारण भूगोलमा काम गर्ने साथीहरु कमिटीमा छुटेकाले उहाँहरुलाई अधिवेसनबाट जिम्मेवारी दिएर पार्टीको काममा लगाउने तयारी भैरहेको आचार्यको भनाइ छ।  उनले पार्टी एकीकरण गर्दा खल्तीबाट नाम झिकेर र अनुहार हेरेर गर्ने प्रवृत्तिको अन्त्य भएमात्र पार्टी एकीकरणको सार्थक हुने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.