कल्भर्टमा लुकाइएको ४३ केजी चरेस बरामद

कल्भर्टमा लुकाइएको ४३ केजी चरेस बरामद

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका- ६ औराहामा रहेको खोला छेउबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध तयारी चरेस र चरेसको धुलो बरामद गरेको छ। पोखरीयामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्रसिंह थापाको नेतृत्वमा खटिएको टोलीले औराहा खोलाको छेउमा रहेको कल्भर्टबाट सोमबार बिहान २८ केजी सात सय ६० ग्राम तयारी चरेस र १५ केजी २८ ग्राम चरेसको धुलो बरामद गरेको हो। 

सोनवर्षाबाट तस्करले भरियालाई चरेस बोकाएर भारततर्फ लैजादै गरेको सूचना पाएपछि सशस्त्र प्रहरीको टोलीले आइतबार राति नै ओरिया खोलामा खटिएको थियो। तर रातभर कुरेर बस्दा पनि चरेस बोकेर आएका तस्कर र भरियालाइ फेला पार्न नसेकपछि सशस्त्र प्रहरी क्याम्पमा फर्किएको थियो।

सोमबार बिहानै फेरि ओरीया खोलामा पुगेर सर्च गर्दा खोला छेउको कल्भर्टमा लुकाएर राखिएको अवस्थामा तयारी चरेश र चरेशको धुलाको पोकाहरु फेला पारिएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए। तस्कर र भरियाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

बरामद चरेश इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक पराक्रमराज भण्डारीले जानकारी दिए। यसअघि गत शनिबार पर्साकै वीरगन्जको इनर्वास्थित शंकराचार्य प्रवेशद्वार नजिकबाट पनि प्रहरीले चार केजी तयारी चरेससहित भारतको कोलकत्ता निवासी २९ वर्षीय मोहम्मद फैयाजलाई पक्राउ गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.