जय बागेश्वरी सिमेन्ट्सको उत्पादन दोब्बर

जय बागेश्वरी सिमेन्ट्सको उत्पादन दोब्बर

नेपालगन्ज : जय बागेश्वरी सिमेन्ट्सले एक वर्षको अवधिमा उत्पादन दोब्बर बढी गरेको छ। बाँके जिल्लाको जानकी गाउँपालिका-६ गनापुरमा उद्योग रहेको जय बागेश्वरीले त्रिशक्ति प्रिमियम ब्राण्डको ओपीसी र त्रिशक्ति तथा बज्रशक्ति ब्राण्डको पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

उद्योगका प्रबन्ध सञ्चालक निशान्त चाचानका अनुसार एक वर्ष अघि दैनिक नौ हजार बोरा पीपीसी सिमेन्ट उत्पादन गर्दै आएकोमा यो वर्ष ओपीसी सिमेन्ट थप गरी दैनिक २१ हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ। उनी भन्छन्, 'हामीले अत्याधुनिक जर्मन प्रविधिको स्वचालित मेसिनबाट उत्पादन गरेको सिमेन्ट उच्च गुणस्तरयुक्त भएकाले चाँडै लोकप्रिय भएको छ।'

त्रिशक्ति र बज्रशक्ति ब्राण्डको सिमेन्ट प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिक्री हुन्छ। जय बागेश्वरी सिमेन्टस्ले बाँकेमा २०७१ सालमा उद्योग स्थापना गरी आर्थिक वर्ष ०७२÷०७३ देखि सिमेन्ट उत्पादन गर्न सुरु गरेको हो। 

चाचान ग्रुपले वीरगन्जमा नारायण सिमेन्ट्स र बाँकेमा जय बागेश्वरी सिमेन्ट्स उत्पादन गर्छ। यी दुबै उद्योगबाट दैनिक ४२ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको उद्योगका महाप्रबन्धक सुमन श्रेष्ठले जानकारी दिए। 

जय बागेश्वरी सिमेन्ट्सले आफ्नो उत्पादनको गुणस्तरीयता र प्रयोगबारे जानकारी दिन केही दिन अघि नेपालगन्जमा डिलर्स मिट कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा निर्माण व्यवसायी र पश्चिम नेपालका डिलरहरु गरी डेढ सयको सहभागिता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.