प्रधानसेनापति कप क्रिकेट : क्‍वार्टरफाइनलको समीकरण पूरा

प्रधानसेनापति कप क्रिकेट : क्‍वार्टरफाइनलको समीकरण पूरा

भक्तपुर : भक्तपुरमा जारी विद्यालयस्तरीय बाह्रौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको क्‍वार्टरफाइनलको समीकरण पूरा भएको छ।

सोमबार लिग चरणका सबै खेल सकिएपछि क्वार्टरफाइनल पुग्ने आठ विद्यालय टिमको टुंगो लागेको हो। जसअनुसार आयोजक सैनिक आवासीय महाविद्यालय, त्रियोग, डीएभी, ईपीएस, राजन मेमोरियल, ग्यालेक्सी, जेम्स र सेन्ट जेभियर्स स्कुल अन्तिम आठमा पुग्न सफल भएका छन्।

ग्यालेक्सी र सेन्ट जेभियर्स सोमबार सम्पन्न लिगका अन्तिम दुई खेलपछि मात्रै क्वार्टरफाइनल पुग्न सफल भएका हुन्।

सोमबार भएको पहिलो लिगमा जेम्सले युनाइटेड स्कुललाई ६४ रनले हराउँदा अर्को खेलमा नाइटिंगेलले मोक्षदालाई आठ विकेटले पन्छाएको थियो।
आयोजक सैनिक स्कुलका खेलकुद इन्चार्ज रञ्जित राणाका अनुसार मंगलबारदेखि क्वार्टरफाइनलका खेल हुनेछन्। जसअनुसार मंगलबार पहिलो क्वार्टरफाइनल खेल आयोजक सैनिक र त्रियोग तथा दोस्रो खेल डीएभी र ईपीएसबीच हुने उनले बताए।

त्यस्तै बुधबार राजन मेमोरियल र ग्यालेक्सी तथा जेम्स र सेन्ट जेभियर्सबीच हुनेछन्। बिहीबार सेमिफाइनलका दुई खेल हुने उनले जानकारी दिए।
प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका गरी १७ वटा विद्यालयको सहभागिता रहेको छ।

 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.