जंगलमा भेटियो गर्भवतीको शव, हत्या गरिएको अनुमान

जंगलमा भेटियो गर्भवतीको शव, हत्या गरिएको अनुमान

चन्द्रपुर : रौतहटको चन्द्रपुुर नगरपालिका–१ स्थित मंगलपुर नजिकै जंगलमा गर्भवती महिला मृत अवस्थामा फेला परेकी छन् । उनको सनाखत हुन सकेको छैन । सृजना सामुदायिक वन उपेभोक्ता समुहको बनमा सोमबार राति फेला परेकी महिला आठ महिनाकी गर्भवती रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षण गर्दा उनी गर्भवती रहेको पुष्टि भएको हो । सनाखत हुन नसकेकी ती महिलाको  हत्या भएको  आशंका प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले करिब २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको बताएका छन् ।

उनका पेटमा आठ महिनाको बच्चा रहेको शव परीक्षण प्रतिवेदनमा उल्लेख छ । महिलाको हत्या गरेर जंगलमा फालेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

महिलाको शरिरका केही भागमा चोट लागेको भेटिएकाले प्रहरीले हत्याको आशंका गरेको हो । मंगलपुरको पुर्व–पश्चिम राजमार्गबाट करिब ३ सय मिटर दक्षिणतर्फको जंगलमा कपडाले छोपेको अवस्थामा शव फेला परेको थियो ।

गोरो वर्ण, ५ फिट ५ ईन्च उचाई, कालो कपाल, सुनौलो रंगको बुट्टे कुर्तासुरुवाल, दाहिने हातको बुढी औँला भन्दामाथिको भागमा अंग्रेजीमा एफ ट्याटु खोपिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.