पुरानै भाडादर कायम हुनेगरी जीप संचालनमा

पुरानै भाडादर कायम हुनेगरी जीप  संचालनमा

डोल्पा : आफूले भनेअनुसार यात्रु बोक्न नदिएको भन्दै यहि फागुन ३ गतेदेखि बन्द गरिएका जीपहरु सोमबारबाट पुन: संचालनमा आएका छन्।जीपमा कोचाकोच हुनेगरी यात्रु बोक्न बानी परेका जीप धनीले आफूले भनेअनुसार यात्रु बोक्न नदिएको भन्दै सेवा बन्द गरेका थिए। 

जिल्ला प्रशासन कार्यालय डोल्पाले क्षमताभन्दा बढी यात्रु बोक्न रोक लगाएपछि जीप धनीले फागुन ३ गतेदेखि बन्द गरेका थिए। स्थानीय जुफालका युवाले सेवा बन्द गर्नु गलत भएको भन्दै दवाव दिएपछि जीप धनीहरुले मंगलबारदेखि पुन: सञ्चानल गरेको स्थानीय ज्ञानेन्द्र शाहीले बताए। 

जीपहरुले मनपरी भाडा असुल्ने र भेडाबाख्रा कोचेजस्तै यात्रु कोच्ने गरेको स्थानीयको आरोप छ। 'मनपरी भाडा लिन हुने, हामीले सहजै यात्रा गर्न किन नपाउने, के धनीहरुकै लागि जीपहरु डोल्पा पुर्‍याएका हुन् आक्रोश हुँदै ओमबहादुर बुढाले भने,' पूरानै भाडादरमा नचलाए किनेकै ठाउँमा लैजाउ, डोल्पामा चलाउन पाइदैन।' 

स्थानीयको दवाव र अबरोध पछि मंगलबारबाट जीप धनीहरुले पूरानै भाडादरमा ब्लुबुकमा भएअनुसार दुनै जुफाल ३५० र दुनै सूँपानि ४०० मा जीप चलाइरहेका छन्। जुफालका स्थानीय युवाहरुले स्थानीय सरकारले लिएको करले सड्क मर्मत गर्नुपर्ने, जीप धनीले पूरानै भाडामा यात्रु बोक्नुपर्ने भन्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको गोरखबहादुर खत्रीले जानकारी दिए। 

क्षमताभन्दा धेरै यात्रु हाल्ने, लापरवाही गर्ने र दुर्घटनाको खतरा बढ्ने भएकाले सजक गराइएको र ब्लुबुकमा तोकिएअनुसार नै यात्रु बोक्नु पर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। दुनै-जुफाल,दुनै-सूपानि,खदाङ-छलगाडमा हाल एक दर्जनभन्दा धेरै जीपहरुले सेवा दिइरहेका छन्।दुनैबाट जुफालसम्म १४ किलोमिटर दुनै सूँ पानिसम्म १६ किलोमिटरमा भाडादर घटाउन स्थानीयले माग गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.