भारतीय मजदुरलाई जिउँदै जलाउने प्रयास

भारतीय मजदुरलाई जिउँदै जलाउने प्रयास

बुटवल : रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एक भारतीय नागरिकलाई जिउँदै जलाउने प्रयास भएको छ । नेपालमा मजदुरी गर्दै आएका भारतीय नागरिक करिब ६० वर्षीय सिसु धुवालाई शुद्धोधन गाउँपालिका-१ को सिगापुरमा जलाउने प्रयास भएको हो । उनी बिनयपुर खोलामा काम गर्ने मजदुर हुन् ।

दानव नदीको छेउमा सुतिरहेका उनलाई मदिरा पिएका स्थानीय युवाले जलाउने प्रयास गरेको वाड नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले बताए । प्रहरीले घटना सामान्य रहेको दाबी गर्दै आएको छ ।

सुतिरहेका ती भारतीय नागरिकलाई उनकै कपडा खोली आगो लगाएको खुलेको छ । त्यसपछि त्यही आगोमाथि हातखुट्टा समातेर जलाउने प्रयास भएको स्थानीयले बताएका छन् । 

आगोले उनको शरीरको पछाडिको भाग जलेको छ । यो घटना फागुन १२ गते करिब राति १० बजेको हो । घटनालगत्तै इलाका प्रहरी कार्यालय रन्यौराले पीडितलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थियो ।

अस्पतालमा एक रात बिताएका घाइते भारतीय नागरिक मंगलबार बिहान ८ बजेदेखि गायब छन् । अस्पतालले आफन्त नभएकाले भर्ना गर्न नसकिएको भन्दै उपचार गर्दागर्दै भागेको दाबी गरेको छ ।

स्थानीयले पीडकलाई बचाउन घाइतेलाई गायब पारिएको आरोप लगाएका छन् । स्थानीय तुलसी अर्यालले जलेका घाइते बिरामी हराउनु शंकास्पद रहेको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।

प्रहरीले स्थानीय महेन्द्र मल्लाह र रमेश गुप्तालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्षक डिल्ली मल्लले घटना सामान्य रहेको दाबी गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.