घरघरमै उपचार

घरघरमै उपचार

बुटवल : प्रदेश ५ का अधिकांश स्थानीय तहले गाउमै पुगेर दिँदै आएको स्वास्थ्य जाँच र उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोपकाबीच उपचार सेवा लिएर गाउँ पुगेकाले स्याबासी पाएका छन् ।

स्थानीय तहले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच, सर्वसाधारणका लागि स्वास्थ्य शिबिर र सामाजिक सुरक्षा भत्ता दिने अभियान चलाएका छन् । यो अभियानले गाउँगाउँमा सिहंदरबारको नारालाई सार्थकता दिएको स्थानीयको बुझाइ छ । स्थानीयलाई स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरले ग्रामिण वडाका जेष्ठ नागरिकको घरमै पुगेर जाच गरेको छ । ‘उपचारमा अस्पतालसम्म जान नसक्नेहरुले स्याबासी दिनुभएको छ, बुटवल वार्ड नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेले भने–‘वडाभरीका ८० नाघेका बुवाआमाको घरमै पुगेर स्वास्थ्य चेकजाच गरेका छौं ।’ स्थानीय तहले यो कार्यक्रमलाई बजेटमै राखेर कार्यान्वयन गरेका छन् । दाङको तुल्सीपुर, घोराही उपमहानगर सहित अधिकांश स्थानीय तहले स्वास्थ्य सेवाको विस्तार गरिरहेका छन् । स्वास्थ्यचौकी स्थापना, चिकित्सकहरुको व्यवस्थापन सहितका काममा स्थानीय तहले काम अघि बढाएका हुन् । यसो गर्दा स्वास्थ्योपचारमा सहज भएको सर्बसाधारणको भनाई छ । विगतमाजस्तो स्वास्थ्यचौकीमा औषधि अभाव हुने समस्या समेत नरहेको सेवाग्राहीको भनाई छ ।

पाल्पाको तानसेन नगरपालिका वडा नंं ८ का ८६ बर्षिय गोपिनाथ खनालले घर नजिकै वडा कार्यालयमा पुगेर स्वास्थ्य चेकजाँच गराए । घर नजिकै वडा कार्यालयमा स्वास्थ्य परिक्षण गराएर निशुल्क रुपमा औषधी पाउदा खनाल निकै खुसी भए । सो वडाका ७२ जजना वृद्धवृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका छन् । खनालले वृद्ध भएपछी अस्पताल जान गाह्रो हुने भएकाले घरनजिकै शिविर राखिदिँदा नगरपालिका वृद्धहरुको स्वास्थ्यमा जिम्मेवार भएको महसुस गरेको बताए । स्वास्थ्य परिक्षणमा सहभागी ७२ जना मध्ये ४४ जनालाई सुगरको समस्या देखिएको थियो । मदनपोखरा स्वास्थ्य चौकीका प्रमुख झविन्द्र न्यौपानेले नियमित औषधी खानेहरुलाई एक महिनाको औषधी निशुल्क वितरण गरेको बताए । चेकजाँचको क्रममा अधिकांश वृद्धवृद्धाहरुलाई सुगर देखिएकोले अपनाउनुपर्ने सावधानी तथा खाना पानको बारेमा चिकित्सकले े आवश्यक सल्लाह र सुझाव दिए ।

जिल्लाका तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र माथाँगढी गाउँपालिकाले घर घरमै पुगेर जेष्ठ नागरिकहरुको उपाचार सेवा प्रदान गर्दै आएका छन । माथागढी गाउँपालिकाले प्रत्येक वडा वडामा जेष्ठ नागरिक, असाहय, सुत्केरी महिला लाई केन्द्रित गरेर औषधी उपचार सेवा संचालन गर्दै आएको छ । वडा वडामा रहेको स्वास्थ्य चौकी बाट प्रत्येक महिनामा ७ दिन जेष्ठ नागरिक उपचार, परामर्श कार्यक्रम संचालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए ।

अर्घाखाचीको छत्रदेव गाउपालिकाले पनि घरघरमै स्वास्थ्योपचार सेवा चलाएको छ । बृद्धभत्ता समेत गाउमै उपलब्ध भएपछि जेष्ठ नागरिकहरु हर्षित भएका छन् । गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बृद्धभत्ता र स्वास्थ्य चेकजाच गर्न अभियान नै लिएर गाउगाउमा पुग्ने गरिएको बताए । ‘विशेषज्ञ सेवासहितको निशुल्क स्वास्थ्य चेकजाच गर्छाै, औषधि र बृद्धभत्ता समेत घरमै पुराएका छौं, उनले भने । स्थानीय तहको यो अभियानले घरघरमै सिहंदरबारको अनुभूति भएको स्थानीयको भनाई छ ।

प्युठानको प्युठान नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको छ । स्थानीय बैंकसंगको सहकार्यमा गरिएको यो कामले जेष्ठ नागरिकलाई सहज भएको छ । वडा कार्यालयमा राखेर बृद्धभत्ता वितरण गर्दा टाढाका बृद्धबृद्धाहरुलाई समस्या पर्नेभएकाले गाउमै जाने गरिएको ५ नम्बर वडा अध्यक्ष लछुमन भण्डारीले बताए । ‘एक सय वर्ष नाघेका बृद्ध बुवा, आमालाई कार्यालयमा आउनै समस्या पर्छ’,भण्डारीले भने,‘एकदिन जान आउनै लाग्ने भएकाले घरदैलोमा भत्ता बुझ्ने व्यवस्था मिलाएका हौ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.