चट्याङ लागेर वीरगन्जमा एक महिलाको मृत्यु, एक गम्भीर
वीरगन्ज : वीरगन्जमा बुधबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।अर्की एक महिला गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-२० हरपतगन्जकी ३० वर्षीया रुआफजा खातुन रहेकी छन्। उनीसँगै घाइते भएकी छिमेकी ४० वर्षीया शायदा खातुनको भने वीरगन्ज हेल्थ केयर हस्पिटमा उपचार भइरहेको छ।
दिउँसो १ बजेतिर घर बाहिर निस्किएका बेला वर्षा हुन थालेपछि रुअफजा र शायदा दुवैजना गाउँमै रहेको आँपको रुखमुनि ओत लागेर बसिरहेका चट्याङ लागेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते दुवैलाई गाउँलेहरुले तत्कालै वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगेपनि रुअफजाको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।
मृतक रुअफजाको शव नारायणी उपक्षेत्रीय अस्पतलमा पोष्टर्मटम पछि परिवारको जिम्मा लगाएको प्रहरी उपरीक्षक ढकालले बताए।