समस्या सुनेर फर्किए राजपाका नेता

समस्या सुनेर फर्किए राजपाका नेता

विराटनगर : राष्ट्रिय जनता पार्टीको प्रदेश १ स्तरीय बैठक विराटनगरमा बुधबार सम्पन्न भएको छ। राजपा गठन भएपछि पहिलो पटक विराटनगरमा आयोजित बैठकमा राजपाका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य प्रदेश १ का अगुवा नेता कार्यकर्ताको समस्या सुनेर बुधबार राजधानी फर्केका छन्। प्रदेशका नेता कार्यकर्ताले पार्टीको समस्या र समाधानका उपाय बारेमा पनि केन्द्रीय नेतालाई सुझाव दिएका छन्।

चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजक बारे विवाद र प्रदेश १ मा संगठन विस्तारका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको एक नेताले बताए। बैठकमा राजपाका केन्द्रीय अध्यक्षमण्डलका ६ जना अध्यक्षसहित जिल्लाका अध्यक्ष मण्डलका सदस्य, पार्टीका केन्द्रीय सदस्य र पदाधिकारी सहभागी थिए। मंगलबारदेखि सुरु भएको बैठक दुई दिनसम्म चल्ने बताइए पनि बुधबारको बैठकमा कुनै निर्णय भएन।

राजपाका केन्द्रीय प्रवक्ता दिनेश मेहताले बैठक प्रत्येक जिल्लामा अध्यक्ष मण्डलको संयोजकका विषयमा उत्पन्न विवाद, समाधानका उपाय र प्रदेशमा संगठन विस्तारमा केन्द्रीत भएको जानकारी दिए। पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी आयोजना गरिएको बैठक पार्टी भित्रको गुट उपगुट समाप्त पर्ने र नयाँ सिराबाट अघि बढ्ने नीति अबलम्बन गर्ने भनिए पनि यस विषयमा ठोस निर्णय नभएको उनले बताए।

बैठकमा सहभागी केन्द्रीय अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, महेन्द्रराय यादव, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा र शरदसिंह भण्डारीले आफू निकटका केन्द्रीय तथा जिल्ला नेतासँग छुट्टा छुट्टै छलफल गरेको एक नेताले बताए। महतोले बैठकमा उठेका विषय बारेमा केन्द्रीय अध्यक्ष मण्डलको बैठक बसेर टुँगो लगाएपछि सार्वजनिक गरिने बताए। पार्टीलाई मजवुत बनाउन तथा प्रदेश सरकारले गरेका कामको विश्लेषण गर्न पनि बैठक आयोजना गरिएको पार्टीको मोरङ जिल्ला अध्यक्ष मण्डलका सदस्य मालबावु सहनीले जानकारी दिए।

प्रदेश १ का मोरङ, सुनसरी, झापा, उदयपुर र धनकुटामा राजपाको संगठन छ। तर भएका संगठन पनि चलायमान हुन नसकेको र अन्य जिल्लामा संगठन विस्तार गर्न नसकेको विषयमा बैठकमा समीक्षा भएको एक नेताले बताए। बैठकमा जनजातिसम्बद्ध अन्य दलका नेता पनि सहभागी थिए। राजपा गठन भएपछि पहिलो महाधिवेशन बैशाख ७, ८ र ९ गते गर्ने तय भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.