अवरुद्ध सिद्धिचरण राजमार्ग १० घण्टापछि खुल्यो
गाईघाट : पहिरोबाट अवरुद्ध भएको सिद्धिचरण राजमार्ग १० घण्टापछि सूचारु भएको छ। बिहान ७ बजेदेखि उदयपुरको कटारी नगरपालिका- १४ खहरेखोलामा गएको पहिरोले अवरुद्ध बनेको राजमार्ग दिउँसो २ बजेदेखि सूचारु भएको हो।
खोलामाथि रहेको हाइड्रोपावर निर्माणका क्रममा गएको पहिरोले सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक स्थानीय र नेपाल प्रहरीको सहयोगमा जेसिवि लगाएर सूचारु गरिएको हो। माथिल्लो सगरमाथाका चार जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा र सोलु जिल्लाको प्रमुखद्वारको रुपमा रहेको उक्त सडक अवरुद्ध हुँदा बिहानैदेखि गन्तव्यमा हिँडेका सर्वसाधारण अलपत्र भएका थिए।
सडक अवरुद्धसँगै ती जिल्लाबाट छुटेका र अन्य ठाउँबाट हिँडेका यातायातका साधन बीचैमा रोकिएका थिए।