भैरहवामा राजपा अध्यक्ष मण्डलको बैठक सुरु

भैरहवामा राजपा अध्यक्ष मण्डलको बैठक सुरु

भैरहवा : रुपन्देहीको भैरहवामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलसहित केन्द्रिय समितीको बैठक सुरु भएको छ। अगामी वैशाखमा हुने पार्टीको महाधिवेशनलाई लक्षित गर्दै पाँच नम्बर प्रदेशको बैठक भैरहवामा बसेको हो। 

बैठकमा केन्द्रीय अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवसहित सदस्य राजेन्द्र महतो, अनिल कुमार झा, शरतसिंह भण्डारी, राजकिशोर यादवको सहभागिता रहेको छ।सदस्य महन्थ ठाकुरको अनुपस्थितिमा नेता शर्वेन्द्रनाथ शुक्लले बैठकको प्रतिनिधत्व गरेका छन्।

त्यस्तै बैठकमा केन्द्रीय समितिका पदाधिकारी, कपिलवस्तु, रुपन्देही र नवलपरासी तीनै जिल्लाको अध्यक्ष मण्डलका संयोजक÷सदस्य लगायतको उपस्थिति रहेको छ। यस अघि राजपाले प्रदेश नम्बर एकको विराटनगर, दुईको जनकपुर र पाँच तथा सातको संयुक्त रुपमा नेपालगंजमा समीक्षा बैठक सम्पन्न गरिसकेको छ। 

भैरहवा बसेको बैठकको खुल्ला सत्रमा सामुहिक छलफल हुनेछ। त्यसपश्चात रुपन्देही, नवलपरासी र कपिलवस्तुका पार्टीका नेता एवं कार्यकर्ताहरुसगँ छुट्टाछुट्टै संगठन विस्तार सम्बन्धी अन्तरिक्रया कार्यक्रम हुने राजपा रुपन्देहीका संयोजक अजय वर्माले जानकारी दिए। 

बैठकमा उपस्थित केन्द्रिय अध्यक्ष मण्डलका संयोजक र सदस्यहरुले जिल्ला समितिहरुसँग जिल्लामा पार्टीको अवस्था, संगठन विस्तार, महाधिवेशन लगायत विषयमा छलफल गर्ने तथा आवश्यक निर्देशन दिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.