झापा गोल्डकपका खेलाडीको दुर्घटना बिमा

झापा गोल्डकपका खेलाडीको दुर्घटना बिमा

बिर्तामोड : झापा गोल्डकपमा सहभागी हुने खेलाडीको दुर्घटना बिमा गरिएको छ। आयोजक झापा गोल्डकप र प्रिमियर इन्सुरेन्स कम्पनी नेपालबीच खेलाडी तथा अफिसियलको दुर्घटना बिमाबारे सम्झौता भएको हो। सम्झौता अनुसार प्रत्येक खेलाडी तथा अफिसियलका लागि ५ लाखका दरले बीमा गरिएको आयोजकले जनाएको छ। 

प्रिमियर इन्सुरेन्सका तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेती (सन्तोष) र आयोजकका तर्फबाट महासचिव तथा सचिवालय संयोजक गजेन्द्र पौड्यालबीच दुर्घटना बिमासम्बन्धी सम्झौता भएको हो। प्रतियोगिता अवधिभर २२० जना खेलाडीको दुर्घटना बिमा गरिएको छ।

सम्झौतामा कम्तिमा एक लाख रुपैयाँ गोल्डकपलाई स्पोन्सर गर्ने सहमति भएको छ। त्यस्तै, एक लाखभन्दा बढी भएमा जुन बढी हुन्छ त्यसको ५० प्रतिशत स्पोन्सरस्वरुप प्रिमियरले आयोजकलाई बुझाउने सहमति भएको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.