उदयपुरमा अलैंचीको मूल्य घट्यो

उदयपुरमा  अलैंचीको मूल्य घट्यो

गाईघाट : उदयपुरको विकट पहाडी क्षेत्रमा उत्पादित अलैँचीले राम्रो मुल्य नपाएपछि किसान चिन्तित भएका छन्। राम्रो मुल्य पाउने सपना बुनेर व्यवसायिकरुपमा अलैँची खेती सुरु गरेका किसानले सोचेअनुरुप मुल्य नपाएपछि चिन्तित बनेका हुन् । 

खेतीगर्दा प्रतिकेजी ३ हजार ५ सय रुपैयाँसम्म बिक्री हुँदै आएको अलैँची पछिल्लो समय घटेर ५ सय रुपैयाँमा आएपछि किसान चिन्तित भएका हुन्। अन्य ठाउँमा लगाइएको अलैँची खेतीको भ्रमण गरेपछि आफ्नै गाउँघरमा व्यवसायिकरुपमा अलैँची खेती सुरु गरेका किसान मुल्य गिरावटकैकारण पेसा परिवर्तन गर्ने आवस्थामा पुगेको रौतामाई गाउँपालिका-६ का अध्यक्ष तिलकुमार राना मगरले बताए। 

सोचेजस्तो मुल्य नपाएपछि किसानले विक्रीका लागि तयारी गरेर राखेको अलैँची मुल्य पाउने आशामा गोदाममा थन्काएको रौतामाई गाउँपालिका- ६ आँपटारका किसान ललन विकल बताए। उनले बजार भाउ उकालो लागेपछि बिक्री गर्ने गरी गोदाममा थन्काइएको बताए।

अलैँची खेतीको सम्भावना बोकेको आँपटारमा व्यवसायिकरुपमा खेती गर्न तत्कालिन कृषि विकास कार्यालय, आँपटार गाविस र हुरेण्डेकले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयले खेती सुरु गरेका थिए। विकले भने, 'सहयोग रहने आश्वसन पाएपछि धनकुटाको पाख्रीबास, हिले, तेह्थुमको म्याङलुङ् अध्ययन गर्न गयौँ, त्यहाँ किसानले ३ हजार ५ सयसम्म बिक्री गरेको देखेपछि खेती सुरु गरेका हौं तर अहिले मेहनतको फल पनि आउने अवस्था छैन्।'

५ वर्षअघि विभिन्न सहयोगी संस्थाले निशुल्क विरुवा उपलब्ध गराएपछि किसानले व्यवसायिकरुपमा अलैँची खेती सुरु गरेको स्थानीय देवेन्द्र रायाले बताए। रौतामाई गाउँपालिका- ६ आँपटारका स्थानीयले मात्रै १ सय रोपनी जग्गामा अलैँची खेती लगाएको रायाले बताए। 

उत्पादित अलैँची रायाले मात्रै ५ क्वीन्टल गोदाममा थन्काएकाछन् भने अमर राईले ३ क्वीन्टल, मदन राईले ४ क्वीन्टल, ललन विकले २ क्वीन्टल, बसन्त राईले ५ क्वीन्टल बढि थन्काएका छन्।

केहीले घर खर्च चलाउनका लागि प्रति केजी ६ सय रुपैयाँले बिक्री गरे भने धेरैजसोले भाउ पाउने आशमा गोदाममा राखेको विकले बताए। स्थानीयले प्रतिरोपनी २ क्वीन्टल उत्पादन गरेको बताएका छन्। 

सरकारले कृषि क्षेत्रमा लगानी बढाएसँगै उदयपुरको ग्रमिण क्षेत्रका किसानले व्यावसायिकरुपमा अलैंची खेती गर्दै आएका थिए । मसलाको रुपमा प्रयोग हुने अलैंचीले बजार मुल्य राम्रो पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका थिए। 

अलैंची विशेषगरी उच्च पहाडी भागमा फस्टाउने भएकाले जिल्लाको पश्चिम उत्तरी क्षेत्रका किसानले यो खेती सुरु गरेका हुन् । विशेषगरी पहाडी क्षेत्र कटारी नगरपालिकाको हर्देनी, मयाँङखु, लिम्पाटार, ताप्लि गाउँपालिकाको ओख्ले, ईनामे, लेखगाउँ, रौतामाई गाउँपालिकाको रौतापोखरी, आँपटारलगायतका ठाउँमा किसानले खेती गर्दै आएका छन्। 

जहाँ बाह्रैमास चिस्यान हुने गर्दछ ती ठाउँमा अलैंची खेतीको सुरुवात भएको कृषि ज्ञान केन्द्र प्रमुख सरोजकान्त अधिकारीले बताए। सरकारी तथा गैर सरकारी निकायकै पहलमा कृषकलाई अलैंची खेतीमा विभिन्न प्रकारका प्राविधिक सहयोग हुन थालेपछि कृषकको आकर्षण बढेको उनको भनाई छ। तर पछिल्लो समय यसको मुल्यमा गिरावट आएसँगै किसान उत्तिकै निरास बनेको उनको भनाई छ।

'केही गरौं भन्ने भावनाका साथ किसानले व्यवसायिक खेती सुरु गर्छन, जब आम्दानी लिने बेला हुन्छ मुल्य ह्वात्तै घटछ,' उनले भने, 'किसानको मनोबल बढाउन उत्पादित बस्तुको बजारीकरण गर्नुको विकल्प छैन्।'

उनका अनुसार जिल्लामा पछिल्लो समय मसला बालीमा पर्ने लसुन, अदुवा खुर्सानीसँगै अलैंचीमा कृषकको ध्यान केन्द्रित भएको हो।  विशेषगरी बाह्रैमास चिसो हुने जिल्लाका कृषकले अलैंची खेतीलाई आम्दानीको श्रोत बनाएको विभिन्न सञ्चार माध्यम र अवलोकन भ्रमणबाट जानकारी पाएपछि यहाँका किसानले सिको गर्दै पहिलो पटक खेती सुरु गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.