निजगढमा बन्‍ने विमानस्थल रोकिन्‍न : नेपाल

निजगढमा बन्‍ने विमानस्थल रोकिन्‍न : नेपाल

सिमरा : पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम कुनै बहानाले  ढिलाई गर्न नहुने बताएका छन्। 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समन्वय समिति बाराले आइतबार निजगढमा आयोजना गरेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिवद्धता कार्यक्रममा बोल्दै नेपालले विमानस्थल निर्माणको कामलाई बाधा पुर्‍याउने गरी अब कसैले पनि बहाना बनाउन नहुने बताएका हुन्। विमास्थलको निर्माणको कामलाई विना अवरोध अघि बढाउनुपर्ने नेता नेपालको भनाइ थियो।  

'अब विमानस्थलको कामलाई रोक्ने किसिमका गतिविधि कसैले नगरौँ, यो आयोजना देशको समृद्धिसँग जोडिएको छ,' नेकपाका नेता नेपालले भने, 'तीनै तहका सरकार र नागरिकले गम्भीरताका साथ यो आयोजना सम्पन्न गर्न लाग्नुपर्छ।' 

पछिल्लो समय विमानस्थलको विषयलाई लिएर बाहिर आएका प्रचारबाट सचेत हुनुपर्ने भन्दै नेता नेपालले अहिलेसम्म भएका कामका प्रगतिले प्रस्ताव गरेकै स्थानमा विमानस्थल बन्नेमा अब दुईमत नरहेको बताए। विमानस्थल कस्तो प्रणालीबाट निर्माण गर्ने भन्ने विषयमा अन्तिम गृहकार्य भईरहेको भन्दै नेता नेपालले राज्यलाई प्रत्यक्ष फाइदा पुग्ने प्रणालीमा अघि बढ्न सुझाव दिए।

विमानस्थलको कामलाई चासोका साथ अघि बढाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी र विमानस्थलको कामलाई २०५२ सालमा प्रारम्भिक सर्वेक्षणका लागि बजेट विनियोजन गरेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको निधनबाट राज्यलाई ठूलो क्षति पुगेको भन्दै नेता नेपालले टांगियाबस्तीका बासिन्दालाई ब्यवस्थापन गरेर छिटो भन्दा छिटो विमानस्थलको कामलाई अघि बढाईहाल्नु पर्ने बताए। 

प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले विमानस्थल निर्माणका लागि प्रदेश सरकार पनि प्रतिवद्ध रहेको बताए। प्रदेशको गौरवको रुपमा रहेको विमास्थल निर्माणमा कसैले अवरोध गर्न नहुने भन्दै मन्त्री सोनलले मुलुकलाई सन्तुलित विकासतर्फ अघि बढाउन जरुरी रहेको बताए। 

'आयोजना बनाउने मात्र नभइ सबै क्षेत्रको विकास हुने गरी कामलाई अघि बढाउनुपर्छ,' मन्त्री सोनलले भने, 'राज्यले त्यसैअनुसार यस आयोजनालाई अघि बढाओस्, प्रदेश सकार आयोजना पूरा गराउन प्रतिबद्ध छ।'

मन्त्री सोननले प्रदेशको भूमिमा बन्न लागेको विमानस्थलको विषयमा केन्द्र सरकारले आधिकारिक रुपमा प्रदेश सरकारसँग समन्वय नगरेको बताए। भूमि र वन क्षेत्र प्रदेश सरकारको मातहतमा रहेकाले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न मन्त्री सोनलले आग्रह गरे। 

प्रदेश सरकारकी अर्थराज्य मन्त्री उषा यादवले विमानस्थल निर्माणका लागि टांगियाबस्ती क्षेत्र उपयुक्त रहेको भन्दै निर्माणको कामलाई अघि बढाउन आग्रह गरिन्। टांगियाबस्तीमा विमानस्थल बनाएर वरवरका स्थानलाई शहरको रुपमा विकास गर्नुपर्ने यादवको भनाइ थियो। 

पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले विमानस्थलको कामलाई अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। द्रुतमार्गका कारण पनि विमानस्थलको कामलाई तीव्र गतिमा अघि बढाउन जरुरी रहेको पौडेलले बताए। 

प्रविद्धता कार्यक्रममा प्रदेश सदस्य सुन्दर विश्वकर्मा र ज्वाला साहले विमानस्थलको कामलाई चासोका साथ अघि बढाउन प्रदेश सरकारलाई आग्रह गरेका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले दक्षिण एशियाकै ट्रान्जिट हबको रुपमा विकास हुन सक्ने विमानस्थलले बाराको मात्र नभई प्रदेश र राज्यको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.