प्रधानमन्त्रीले विप्लवलाई भने : कम्युनिष्टको नाममा आतंक बन्द गर

प्रधानमन्त्रीले विप्लवलाई भने : कम्युनिष्टको नाममा आतंक बन्द गर

बिर्तामोड : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न आग्रह गरेका छन् । 

झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित रहेको सुखानी पार्कमा मंगलबार आयोजित ४६ औँ सुखानी सहिद स्मृति दिवस तथा श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अब जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने र विस्फोट गराउने कम्युनिष्ट पार्टी नेपालमा नरहेकाले आफूहरु कम्यूनिष्ट भए यस्तो काम बन्द गर्न निर्देशन दिए । 

उनले अहिले नेपालमा सबै कम्युनिष्ट पार्टी एक ढिक्का भइसकेको बताउँदै कोही सच्चा कम्युनिष्ट छुटेको भए ढोका खुल्ला रहेको बताए । सहिदहरुको बलिदान र मूल्याङ्कन गर्न कम्युनिष्ट पार्टी नीति बनाएर अघि बढिसकेको बताउँदै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अब नेपालमा दमन र लुटपाटले राजनितिक परिवर्तन नहुने दाबी गरे । 

वर्तमान सरकार सहिदको सपना पूरा गराउन जनताको हितमै काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले काम गरेन भन्नुको अर्थ नरहेको जिकिर गरे । केही शक्ति र प्रतिक्रियाबादी समूहले भर्खरै एकता भएको पार्टी फुटाउन लागि परेकोले नेकपामा कुनै असन्तुष्टि नरहेको उनले प्रस्टाए ।

मंगलबारको ४६ औँ सुखानी सहिद स्मृति दिवसलाई श्रद्धाञ्जली विषेश बनाइएको थियो । केहि दिनअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका नेता भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा पनि सुखानीमा गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.