राेल्पामा विप्लव समुहका दुई नेता पक्राउ

राेल्पामा विप्लव समुहका दुई नेता पक्राउ

रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्लाका दुई नेतालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

पक्राउ गरिएका नेता टीकाराम नेपाली र लालबहादुर सुनारलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा सहित मंगलबार जिल्ला अदालतमा हाजिर गराएको हो ।

सोमबार पक्राउ परेका उनीहरुलाई १० दिन म्याद थपका लागि अदालतमा लगिएको प्रहरीले जनाएको छ । केही हप्ताअघि जिल्लाको सुलिचौर र गजुलमा रहेको नेपाल टेलिकम र एनशेलको टावरमा आगजनी गरिएपछि नेकपाका नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय रहकै बेला उनीहरु पक्राउ परेका हुन् ।

देशभरका दर्जनौं एनशेल टावरमा आगजनी र विष्फोट गराउने क्रममा यहाँका दुई टावरमा आगजनी गरी क्षति पुर्‍याइएकाे थियो । एनशेल टावरलाई लक्षित गरिएको भए पनि झुक्किएर सुलिचौरमा नेपाल टेलिकमको टावरमा आगजनी भएको स्रोतले जनाएको छ । टावरमा आगजनी गरिएको नेकपाले जिम्मा लिइसकेको छ ।

नेपाली र सुनारलाई निजी काममै रहेको बेला प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ । पक्राउ परेका दुबैजनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले जनाए । टेलिकम र एनशेल टावरमा आगजनी घटनासँग जोडेर मुद्दा अघि बढाइएको स्रोतको दावी छ ।

नेकपा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले आफ्नो पार्टीको जिल्ला नेताको गिरफ्तारीको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । निजी काममा रहेका बेला विना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग समेत गरेका छन् ।

पक्राउ परेका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय सदस्य र परियार मुक्तिमोर्चाको पूर्व जिल्ला अध्यक्ष समेत रहेको जनाइएको छ । ‘अपहरणशैलीमा गिरफ्तार गरिएका नेताको रिहाइ नभए प्रतिकार हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा स्रोतले भने केन्द्रीय सर्कुलर अनुसार नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाइएको छ । सार्वजनिक सम्पदामाथि क्षति गर्न थालेपछि सुरक्षा सतर्कता सहित प्रहरी चनाखो बनेको छ ।

नेकपाले भने आफ्ना नेता कार्यकर्ताको घर खानतलासी गरी त्रास पैmलाउन खोजेको जनाएको छ । राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’, विशेष जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, नेता विजुली, दिनेश चन्दको घरमा प्रहरीले खानतलासी गरी परिवारलाई तनाव दिएको नेकपाको दावी छ । केही साताअघि होलेरीमा भएको विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।

सत्ताधारी नेकपाका नेता एवं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले दिवंगत नेता खुमबहादुर खड्काको शैलीमा जिल्लामा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता विरुद्ध गृह प्रशासनलाई  दमन उतारेको नेकपाले आरोप लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.