विप्लव समुहका तीन नेता दाङबाट पक्राउ
तुलसीपुर : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका तीनजना जिल्लास्तरीय नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले नेकपाका जिल्ला सदस्य प्रदीप वली, तुलसीपुर उपमहानगरपालिका सेक्रेटरी रुद्र वली र जिल्ला सचिवालय सदस्य इश्वरी पाण्डेलाई पक्राउ गरेको हो ।
मंगलबार तुलसीपुरमा गरेको सहिद परिवार तथा बेपत्ता योद्धा परिवार अभिनन्दन तथा सम्मान कार्यक्रम स्थलबाटै प्रहरीले तीनजना नेतालाई गिरफ्तार गरेको नेकपा दाङले जनाएको छ । बिना कारण प्रहरीले कार्यक्रम स्थलबाटै पक्राउ गरेको विप्लव निकटका एक नेताले बताए । उनले उनीहरुको रिहाइको समेत माग गरेका छन । यसअघि रोल्पामा पनि मंगलबार नै पक्राउ परेका छन् ।