टेलिकम र एनसेल टावरमा आगजनी गराएको भन्दै विप्लवमाथि मुद्दा

टेलिकम र एनसेल टावरमा आगजनी गराएको भन्दै विप्लवमाथि मुद्दा

रोल्पा : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेता विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरको नेपाल टेलिकमको टावर र गजुलको एनसेल टावरमा केही हप्ताअघि आगजनी गरिएको भन्दै प्रहरीले विप्लव सहित जिल्लास्तरका दर्जन बढी नेताका नाममा मुद्दा दायर भएको हो ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार विप्लव सहितका नेताका नाउँमा मुद्दा दायर गरिएको जनाएको छ । टावरमाथि आगजनीमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले जनाए ।

‘विभिन्न स्थानबाट नेकपाका तीनजनालाई पक्राउ गरिएको छ,’ प्रनाउ खड्का भन्छन्, ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदामाथि क्षति पु¥याएकाले पक्राउ गर्नु परेको हो ।’ परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लव सहितलाई जिल्लामा मुद्दा दायर गरिएको यो पहिलो हो ।

प्रहरीका अनुसार नेकपा सम्बद्ध टीकाराम नेपाली, लालबहादुर परियार र सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका दिपेन्द्र सिंह पक्राउ परेका छन् । नेकपा स्रोतले पक्राउ गरिएका तीनैजना जिल्ला तहका नेता रहेको जनाएको छ ।

सोमबार पक्राउ गरिएका उनीहरुलाई मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका नेता टीकाराम, लालबहादुर र दिपेन्द्रलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा चलाइएको छ ।

केही हप्ताअघि जिल्लाको सुलिचौर र गजुलमा रहेको नेपाल टेलिकम र एनसेलको टावरमा आगजनी गरिएपछि नेकपाका नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय रहकै बेला उनीहरु पक्राउ परेका हुन् । देशभरका दर्जनौं एनसेल टावरमा आगजनी र विष्फोट गराउने क्रममा यहाँका दुई टावरमा पनि आगजनी गरी क्षति पु¥याइएको थियो ।

एनसेल टावरलाई लक्षित गर्न खोजिएकोे भए पनि झुक्किएर सुलिचौरमा नेपाल टेलिकमको टावरमा आगजनी भएको स्रोतले जनाएको छ । नेपाली र सुनारलाई निजी काममै रहेको बेला प्रहरीले अपहरण शैली पक्राउ गरेको नेकपाले जनाएको छ । सुनिल स्मृति गाउँपालिकाका नेकपाका सेक्रेटरी समेत रहेका दिपेन्द्र सहित तीनैजनालाई टेलिकम र एनसेल टावरमा आगजनी घटनासँग जोडेर मुद्दा अघि बढाइएको स्रोतको दावी छ ।

नेकपा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले आफ्नो पार्टीको जिल्ला नेताको गिरफ्तारीको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । निजी काममा रहेका वेला विना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग समेत गरेका छन् । पक्राउ परेका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय सदस्य र परियार मुक्तिमोर्चाको पूर्व जिल्ला अध्यक्ष समेत रहेको जनाइएको छ । ‘अपहरणशैलीमा गिरफ्तार गरिएका नेताको रिहाइ नभए प्रतिकार हुन्छ ।’, जारी विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा स्रोतले भने केन्द्रीय सर्कुलर अनुसार नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाइएको जनाएको छ । सार्वजनिक सम्पदामाथि क्षति गर्न थालेपछि सुरक्षा सतर्कता सहित प्रहरी चनाखो बनेको छ ।

नेकपाले भने आफ्ना नेता कार्यकर्ताको घर खानतलासी गरी त्रास पैmलाउन खोजेको जनाएको छ । राप्ती ब्यूरो इन्चार्ज केशबहादुर वाँठा ‘सुवास’, विशेष जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, नेता विजुली, दिनेश चन्दको घरमा प्रहरीले खानतलासी गरी परिवारलाई तनाव दिएको नेकपाको दावी छ । केही साताअघि होलेरीमा भएको विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।


सत्ताधारी नेकपाका नेता एवं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले दिवंगत नेता खुमबहादुर खड्काको शैलीमा जिल्लामा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता विरुद्ध गृह प्रशासनलाई दमनमा उतारेको नेकपाले आरोप लगाएको छ । नेकपा नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.