‘फलोअप’ का लागि प्रधानमन्त्री ओली अस्पतालमा भर्ना
फागुन २२, २०७५ बुधबार १३:१:०
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।नियमित चेकजाँचका लागि प्रधानमन्त्री बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार फलोअपका लागि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो।