कञ्‍चनपुरमा बञ्चरो प्रहार गरी काकाको हत्या, भतिजा पक्राउ

कञ्‍चनपुरमा बञ्चरो प्रहार गरी काकाको हत्या, भतिजा पक्राउ

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै काकाको हत्या गरेका छन्। भीमदत्त नगरपालिका- १३ बडैपुरका ४६ वर्षीय सिबी लुहारले आफ्नै काका ६१ वर्षीय गोरे लुहारको हत्या गरेका हुन्। 

फागुन २० गते राति महाशिवरात्रीको दिन मदिरा र नशालु पदार्थ सेवन गरेका सिबीले जमिनको विषयलाई लिएर काकाको टाउकोमा भागमा बन्चरो प्रहार गरेका थिए। बन्चरो प्रहारबाट गम्भीर घाइते भएका गोरेको भारतको बरेलीमा उपचारका क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो। जमिनको विवादलाई लिएर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बन्चरो प्रहार गरेलगत्तै उपचारका लागि महाकाली अञ्चल अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले थप उपचारका लागि भारत रिफर गरेको थियो।भारतमा समेत सुरुमा खटिमा लगिएको र त्यहाँ समेत उपचार सम्भव नभएपछि बरेली पुर्‍याइएको थियो। टाउँकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। 

बन्चरो प्रहार गर्नेलाई प्रहरीले घट्नाकै दिन पक्राउ गरिसकेको छ।कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले बन्चरो प्रहार गर्ने सिवी प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थपेर घटनाको सम्बन्धनमा थप अनुसन्धान भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.