किरात राई यायोक्याको माग : प्रदेश १ को नाम किराँत, राजधानी धरान

किरात राई यायोक्याको माग : प्रदेश १ को नाम किराँत, राजधानी धरान

धरान : किरात राई यायोक्खा केन्द्रीय समितिले प्रदेश१ को नाम किराँत र स्थायी राजधानी धरान तोक्न माग गरेको छ। प्रदेश सभा १ ले प्रदेशको नामांकरण र स्थायी राजधानीको तोक्न ढिलाई गरेको भन्दै यायोक्खाले बुधबार धरानमा पत्रकार सम्मेलन गरी प्रदेशको नामांकरणमा तलमाथि गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। 

धरानमा सम्पन्न यायोक्खाको अधिवेसनबाट सर्बसहमत निर्वाचित भएको नवगठित कार्यसमितको नाम सार्वजनिक कार्यक्रममा बोल्दै यायोक्खाका नवनिर्वाचित अध्यक्ष दिवस राईले ऐतिहासिकताका आधारमा प्रदेश १ को नामांकरण किरात प्रदेश हुनुपर्ने माग गरेका छन्। उनले प्रदेश सांसदहरु पार्टी नेतृत्वबाट प्रभावित भएर किरात प्रदेश नामांकरणमा असहमत भए किरात राई यायोख्याले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष राईले प्रदेश १ को स्थायी राजधानी धरानलाई बनाउनुपर्ने समेत माग गरेका छन्। ऐतिहासिकताका आधारमा विजयपुर दरवार रहेको धरानमा प्रदेश १ को राजधानी बनाउन उत्तम भएको र १४ वटै जिल्लालाई पाइक पर्ने ठाउँ भएकाले धरानलाई प्रदेश राजधानी बनाउनुपर्ने उनको भनाई छ।

अध्यक्ष राईले यायोक्खाको पहिलो माग भनेको प्रदेश १ लाई किरात प्रदेश नामांकरण गर्नुपर्ने रहेको र त्यो नभए पहिचानवादीसँग मिलेर शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। पत्रकार सम्मेलनमा यायोक्खाका उपमहासचिव भीमराज राईले सरकारले खोटाङको मझुवागडीमा स्थापना गरेको सशस्त्र प्रहरी गण र भोजपुरको अतुवागडीमा स्थापना गरेको नेपाली सेनाको व्यारेक तत्काल हटाउन माग गरेको छ।

ऐतिहासिक किरात राजाहरुको दरबार क्षेत्रमा सरकारले सशस्त्र र नेपाली सेनाको व्यारेक स्थापना गरी इीतहास निमिट्यान्न पार्ने काम गरेकाले दुबै व्यारेक अन्यत्र सार्न अनुरोध गरिएको उनको भनाई छ।

यायोक्खाका महासचिव जनक राईले देशभर रहेका ऐतिहासिक गडिहरुको संरक्षण र संवर्द्धनमा सरकारले चासो नदिएका कारण किरात राईहरुको इतिहास मासिने भएकाले सरकारले उचित व्यवस्थापन गर्न माग गरेका छन्। 

धरानमा सम्पन्न यायोक्खाको १०औ महाधिवेसनले भोजपुरका दिवस राईको अध्यक्षतामा ४४ सदस्य नयाँ कार्यसमिति  चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा टिकासरी राई, ज्ञानबहादुर राई, जीवन राई, तिलकप्रसाद राई र राकेश राई, महासचिव जनक राई तथा उपमहासचिवमा भीमराज राई र शुभचन्द्र राई निर्वाचित भएका छन्।

त्यस्तै सचिवमा अर्जुन जम्नेली राई, दोर्पध्वज राई, कृष्णकुमार राई, हेमन्तकुमार राई र  मात्रिका राई निर्वाचित भएका छन् । समितिको कोषाध्यक्षमा देवान राई सर्बसहमत रुपमा निर्वाचित भएको यायोक्खाका निवर्तमान केन्द्रीय अध्यक्ष तिलक राईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.