चितवनमा क्रिकेट रंगशाला : सहायक पूर्वाधार निर्माणको काम थालियो

चितवनमा क्रिकेट रंगशाला : सहायक पूर्वाधार निर्माणको काम थालियो

चितवन : चितवनको रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयाक पूर्वाधार बनाउन थालिएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला क्षेत्रमा सहायक पृर्वाधार निर्माणको काम अघि बढाएको हो । 

क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन अभियान चलिरहेका बेला फाउन्डेसनले मास्टर प्लान निर्माणसँगै पूर्वाधार निर्माण पनि सुरु गरेको हो । 

तीन अर्ब अनुमानित लागतको रंगशाला निर्माणका लागि अहिलेसम्म ५ करोड ५० लाख रुपैयाँ सक‌ंलन भइसकेको छ। फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस' का अनुसार रंगशालाको डिजाइन भइरहेको छ भने पूर्वाधार निर्माणको काम पनि थालिएको हो । 

'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको मास्टर प्लान र डिजाइन अगाडि बढेको छ', उनले भने, 'यसका साथै बाउन्ड्री निर्माण, गोदाम घर तयारी र साइट अफिस निर्माणको काम तीब्र रूपमा अगाडि बढेको छ ।'

फाउन्डेसनले रंगशालासम्म पुग्ने सडक विस्तारको कामलाई पनि तीब्र पारेको छ । 

धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि रु तीन अर्ब लाग्ने जनाएको छ । सबै नेपालीलाई अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय भन्दा पहिले नै बनाउन सकिने कट्टेलले बताएका छन् । 

अध्यक्ष कट्टेलका अनुसार आर्थिक सहयोग जुटाउन देशका सबै जिल्लामा समिति गठन भइरहेको छ । क्रिकेट स्टेडियमका लागि आफूहरुले अन्तिम पटक गुहार मागेको उनले बताएका छन् । 

फाउन्डेसनले रंगशाला परिसरमा फरक फरक ३५ खेल खेलाउने गरी पूर्वाधार डिजाइन भइरहेको जनाएको छ।  रङ्गशालाका लागि प्राप्त २० बिघा ६ कट्ठा जग्गा संरक्षणको काम पनि भइरहेको अध्यक्ष कट्टेलले बताए । फाउन्डेसनले रङ्गशालालाई खेलकूद एकेडेमी बनाउने गरी काम थालेको पनि उनले सुनाए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.