एम्बुलेन्स सञ्चालन गर्न जीतपुरमा महोत्सव

एम्बुलेन्स सञ्चालन गर्न जीतपुरमा महोत्सव

सिमरा : बाराको जीतपुरमा एम्बुलेन्स सञ्चालनका लागि दोस्रो जीतपुर बृहत खेलकुद, सांस्कृतिक एवम् व्यापार मेलाको आयोजना हुने भएको छ।  स्थानीय युवाको सक्रियतामा ११ दिनसम्म सञ्चालन हुने मेला बिहीबारदेखि सुरु हुँदैछ।

करिब ६४ लाख अनुमानित लागत रहेको मेलाबाट बचत रकमले जीतपुरमा एम्बुलेन्स सञ्चालन गरिने संयोजक शक्ति गुप्ताले जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा संयोजक गुप्ताले महोत्सवमा उद्योग प्रतिष्ठानको उत्पादन प्रदर्शनी, सूचना तथा प्रविधिको प्रदर्शनी, अटोमोबाईल्स, व्यापारिक तथा व्यवसायिक वस्तुको प्रदर्शनीका राखिने बताए । उनकाअनुसार महोत्सवमा विभिन्न जाति र समुदायको झाँकी, खेलकुद प्रतियोगिता,राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहने बताए।

पशुपति फेयर एक्जिभिसनको व्यवस्थापनमा सञ्चालन हुने मेलामा एक सय २५ स्टल रहनेछ। आयोजकका अनुसार हालसम्म ८० भन्दा बढी स्टल बिक्री भईसकेको छ। मेलाको मुख्य प्रायोजकको रुपमा जगदम्बा ईन्टरप्राईजेज, सहप्रयोजकमा जगदम्बा स्टिल्स् रहेका छन्। मेलाको सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका, रारा चप्पल, केबी साम आल्मुनियम, हुलास स्टिल्स, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ रहेका छन्। 

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबाबु गुप्ताले स्थानीयस्तरको व्यापार, व्यवसाय प्रवर्द्धन र सामाजिक उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स सञ्चालनको उद्देश्य राखिएको बताए। एम्बुलेन्स सञ्चालनको अभियानमा आफूले पनि सहयोग गर्ने बताउँदै उनले मेला सफल बनाउन स्थानीयलाई जुट्न आग्रह गरे । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.