रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा बम फेला

रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा बम फेला

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका छन्। जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज लेखनाथ चापागाईका अनुसार बम रहेको स्थानमा प्रहरीले सुरक्षा पहरा दिइरहेको छ। बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जनाए।

गाउँपालिकाकी उपाध्यक्ष सावित्रा बुढाका अनुसार बिहीबार बिहान बम रहेको जानकारी आएको बताइन्। खानेपानी पाइप जोड्ने सकेटबाट निर्माण गरिएको बमको चुच्चोमा रातो तार देखिन्छ।  मंगलबार राति पर्खालभित्र रहेको गाडी तोडफोड भएको थियो। अज्ञात समूहले तोडफोड गरेको आवाज कार्यालय सहयोगीले थाहा पाएका थिए। उनले होहल्ला गरेपछि उनीहरु भागेको थिए।

गाडीमा मोबिल छर्किएको र गाडी विष्फोटक पदार्थ समेत फेला परेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जनाए। तोडफोडमा आएका समूहले नै हतारमा भाग्ने क्रममा पर्खाल नजिकै बम खसालेको हुनसक्ने आशंका गरिएको छ। बम फेला परेपछि जनमानसमा त्रास फैलिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.