लिबाङस्थित कांग्रेसको पार्टी कार्यालय नजिकै सकेट बम, सेनाद्वारा निस्क्रिय
रोल्पा : रोल्पाको सदरमुकाम लिबाङमा बिहीबार सकेट बम फेला परेको छ। नेपाली कांग्रेसको निर्माणाधीन पार्टी कार्यालय नजिकै बम फेला परेको हो। स्थानीय एवं नेपाली कांग्रेसका नेता चन्द्रप्रकाश आचार्यलाई नचिनेको नम्बरबाट फोन गरी बम फालिएको सूचना आएको थियो। बम तरकारी बारीमा राखेको अवस्थामा भेटिएको थियो। पार्टी कार्यालयदेखि करिब २५ मिटर टाढा बम भेटिएको कांग्रेस निकट विद्यार्थी नेता शेरबहादुर थापाले जानकारी दिए।
बम रहेको कांग्रेस पार्टी कार्यालय नजिक रोल्पा नगरपालिकाको कार्यालय समेत छ।प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बम डिस्पोजका लागि लिबाङस्थित नेपाली सेनाको खड्ग दलबाट आएको डिस्पोजल टोलिले बम निस्क्रिय बनाएको हो।
जिल्लाको त्रीवेणी गाउँपालिकाको कार्यालयको नजिकै पनि बिहानै बम फेला परेको थियो। ठाउँठाउँमा बम फ्याकिएको थाहा पाएपछि सर्वसाधारण त्रसित बनेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ।