प्रहरीलाई सहासिक बनाउन बन्जी जम्प

प्रहरीलाई सहासिक बनाउन बन्जी जम्प

सिन्धुपाल्चोक : प्रहरी सेवाको आधारभूत तालिम लिँदै गरेका ९० जना प्रहरी निरीक्षक र ३० जना प्रशिक्षक गरी १२० जनाले बन्जी जम्प गरेका छ्न्। 

राष्ट्रसेवाको क्रममा उद्दार लगायतका कार्य गर्दा सहासिक गतिविधिमा संलग्न हुनुपर्ने भएकोले तालिम अन्तर्गत बन्जी जम्प गराइएको प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए। उनी भन्छ्न , 'बन्जीले डरसँग लडी अगाडि बढ्न आत्मबल बढाउँछ त्यसैले तालिममै बन्जी जम्प समावेश गराएको छ।'

भोटेकोसी स्थित 'द लास्ट रिसोर्ट'मा गराइएको बन्जीमा प्रशिक्षक ५ र प्रशिक्षार्थी ९ गरी १४ जना महिला प्रहरीले जम्प गरेको लुइँटेलले बताए। एक सय ६० मिटर उचाइमा एसियाकै दोश्रो अग्लो बन्जीमा जम्प गर्न पाउनु खुसीको कुरा रहेको पनि उनले सुनाए।

प्रहरीलाई जम्प गराउन पाउँदा आफ्नो काम प्रति अझ गर्व बढेको र प्रहरीको अनुशासन देखेर आफू प्रभावित भएको बन्जी मास्टर भोला श्रेष्ठको भनाइ छ  । 

पाङलङ र त्याङ्थली जोड्ने एक सय ६६ मिटर लामो झलुङ्गे पुल निर्माण गरी न्यूजिलाण्डका नागरिक डेविड एलर्डाइस र भैरहवाका विष्णु न्यौपानेले सन् १९९९ मा सहासिक खेल बन्जी जम्प नेपालमा सुरु गरेका हुन्। करिव २ दशक नेपालमा रिभर गाइड काम गरेका डेविड भोटेकोशी नदीमा र्याफ्टिङ सुरु गर्ने पहिलो व्यक्ति हुन्। डेविड र उनको साथी विलियम लिङ्कन लगायतको टोलीले सन् १९९९ को नोबेम्बरमा उद्घाटन बन्जी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.