गण्डकी मेडिकल कलेजका २ जनाविरुद्ध ठगी मुद्दा

गण्डकी मेडिकल कलेजका २ जनाविरुद्ध ठगी मुद्दा

पोखरा : विद्यार्थीको उजुरीपछि पक्राउ परेका गण्डकी मेडिकल कलेज (जिएमसी)का सञ्चालकसहित २ जनाविरुद्ध कास्की प्रहरीले बिहीबार ठगी मुद्दा दर्ता गराएको छ । 

बुधबार पक्राउ परेका पूर्वसिइओसमेत रहेका सञ्चालक सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्माविरुद्ध कास्की अदालतमा प्रहरीले मुद्दा दर्ता गराएको हो । 

विद्यार्थीले आफूहरुसँग कलेजले सरकारी दरभन्दा १५ लाख रुपैयाँभन्दा बढी असुलेको भनी मंगलबार प्रहरीकहाँ उजुरी गरेका थिए । त्यसै आधारमा प्रहरीले अदालतबाट अनुमतिसमेत लिई कलेजका सञ्चालकसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । 

२ जना पक्राउ परे पनि ८ जनालाई कास्की प्रहरीले समात्न सकेको छैन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि कलेज सञ्चालकविरुद्ध विद्यार्थीले उजुरी दर्ता गराएका छन् । 

कलेज अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखाप्रमुख युवराज शर्मा, लेखाकी कर्मचारी हरिमाया पौडेल, प्रशासनका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेविरुद्ध प्रहरीको पक्राउ पुर्जी जारी छ । माघ १६ गतेदेखि विद्यार्थी कलेजविरुद्ध चरणबद्ध आन्दोलनमा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.