गण्डकी मेडिकल कलेजविरुद्ध सम्पत्ति शुद्धीकरण र प्रहरीमा उजुरी

गण्डकी मेडिकल कलेजविरुद्ध सम्पत्ति शुद्धीकरण र प्रहरीमा उजुरी

काठमाडौं : पोखरास्थित गण्डकी मेडिकल कलेजले शैक्षिक शुल्कका नाममा अवैध रुपमा रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरी र सम्पत्ति शुद्धीकरण विभागमा छुट्टाछुट्टै उजुरी परेका छन्।

कलेजका तीन विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेका छन् भने कलेजका एक विद्यार्थीसहित तीन जनाले मंगलबार नै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता गराएका छ्न।

सम्पत्ति शुद्धीकरण विभागमा दर्ता भएको उजुरीमा विद्यार्थीले कलेज सञ्चालकले विद्यार्थीबाट असुलेको रकम जफत गर्न माग गरेका छन्। उजुरीमा कलेज सञ्चालकको बैंक खाता रोक्का गरी उनीहरूको सम्पत्तिबारे विस्तृत अनुसन्धान गर्न माग गरिएको छ।

'राहदानी, अवैध कारोवार तथा बैंक खाता रोक्का गरी... विस्तृत अनुसन्धान गरी अवैध सम्पत्ति जफत गरी निज (कलेजका अध्यक्ष खुमा अर्याल) लगायत कसुरमा संलग्न व्यक्तिहरूलाई हदैसम्मको कानुनी कारवाही गरी पाऊँ', विभागमा दर्ता भएको उजुरीमा भनिएको छ, 'पीडित विद्यार्थी तथा अभिभावकबाट असुलेको रकम फिर्ता गरी सम्बन्धित पक्षलाई दिलाई पाऊँ।'

कलेज सञ्चालकको मिलेमतोमा कलेजले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै एमबीबीएस अध्ययनरत अनित सिन्हासहित चिकित्सा शिक्षा सुधार अभियानका प्रितम सुवेदी र विजयवावु शिवाकोटीले विभागमा उजुरी दिएका हुन्।

कलेजका अध्यक्ष खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा कलेजका विभिन्न तहका विद्यार्थीलाई अवैध रकम दिन बाध्य पारिएको उजुरीकर्ताको आरोप छ।

'अवैध रकम असुल्न विद्यार्थीको भर्ना नलिने, भर्ना रद्द गर्ने, परीक्षामा सामेल हुन नदिने, परीक्षामा फेल गराउने, कलेजबाट निस्कासन गर्ने लगायत डर, धाक, धम्की दिएको' उजुरीमा उल्लेख छ। 'मानसिक कष्ट हैरानी दिने कार्य गरी फिरौती असुल गरे जस्तै गैरकानुनी रुपमा शैक्षिक शुल्कका नाममा विनाबिल भरपाई अवैध रुपमा अनेक तवरले मनोमानी ढंगले रकम असुल गरको' पनि उनीहरूले आरोप लगाएका छन्।

अध्यक्ष अर्यालले आफ्नो स्वामित्वमा रहेको युनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थी तथा अभिभावकलाई समेत यस्तै गरी अर्बौँ रुपैयाँ अवैध असुल गरी ठगी गरेको, राजश्व छली गरेको तथा कालो धनको लगानी गरी अकुत सम्पत्ति बढाएको आरोप उजुरीमा छ।

कतिपय राजनीतिकर्मी तथा नियमनकारी संस्थाका पदाधिकारीलाई समेत गलत प्रभाव पारी चिकित्सा शिक्षा प्रणाली तहसनहस पारेको र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेको आरोप उनीहरूको छ। काठमाडौँ उपत्यकाबाहिर एमबीबीएस पढ्ने विद्यार्थीले ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने सरकारी नियम भए पनि विद्यार्थीले ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको उजुरीकर्ताले उल्लेख गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको उजुरीमा कलेजका अध्यक्ष अर्यालसहितका सञ्चालकहरूलाई ठगी लगायत फौजदारी कसूरमा छानबिन तथा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ। उजुरीमा अवैध रुपमा असुलेको रकम क्षतिपूर्तिसहित फिर्ता गराउन माग गरिएको छ।

पीडित विद्यार्थीहरूलाई परीक्षामा सामेल हुने हकबाट बञ्चित गरिएकोले विशेष व्यवस्था गरी परीक्षामा सामेल गराउन पनि माग गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.