गण्डकी मेडिकल कलेजका पूर्व सीईओसहित दुई पक्राउ
पोखरा : प्रहरीले गण्डकी मेडिकल कलेजका लगानीकर्तासमेत रहेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार बेलुका पोखराबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो। उनीहरूसहित कलेजका अन्य सञ्चालक विरुद्ध विद्यार्थीबाट करोडौँ अवैध असुली गरेको भन्दै प्रहरी तथा सम्पत्ति शुद्धीकरण विभागमा छुट्टाछुट्टै उजुरी परेका छन्।
कलेजका तीन विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेका छन् भने कलेजका एक विद्यार्थीसहित तीन जनाले मंगलबार नै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता गराएका छन्।
यस्तै प्रहरीले कलेजका अध्यक्ष खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !