अन्नपूर्णकर्मी बराललाई १ लाखको पुरस्कार
पोखरा : अन्नपूर्ण पोस्ट् दैनिकका पोखरा संवाददाता कृष्णमणि बराल सम्मानित भएका छन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मान’बाट विभूषित गरिएको हो।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार बराललाई उक्त प्रतिष्ठित पुरस्कार अर्पण गरे। नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित र दयाशंकर पालिखेका परिवारद्वारा स्थापित पुरस्कारको राशि १ लाख १ हजार १११ रुपैयाँ र सम्मान पत्र छ।
प्रतिक्रिया दिनुहोस !