भरुवा बन्दुकसहित गुरुङ प्रहरी नियन्त्रणमा

भरुवा बन्दुकसहित गुरुङ प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जा प्रहरीले भरुवा बन्दुकसहित विरुवा गाउँपालिकाका ४६ वर्षीय केशबहादुर गुरुङलाई पक्राउ गरेको छ। विरूवा गाउँपालिका -७ चित्लाङस्थित घरमा लुकाई छिपाई राखेको अवस्थामा भरूवा बन्दुकसहित सोसँग सम्बन्धित खरखजनाहरू नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए। 

फलामको गज सहित एक नाले भरुवा बन्दुक एउटा,भरुवा बन्दुकमा प्रयोग हुने बारुद ३ ग्राम,छर्रा १० वटा,केप ३ वटा सहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।  गुरुङलाई हातहतियारसम्बन्धी कसूर मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.